साफ फुटबलको ड्र सार्वजनिक / नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्ने

साफ फुटबलको ड्र सार्वजनिक / नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्ने

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, भदौ ३० ।

साफ सुजुकी कप २०१५ को ड्र सार्वजनिक भएको छ । आज सार्बजनिक गरीएको ड्र अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

पुस ८ देखि १९ गतेसम्म भारतको केरलामा सन्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने तय भएको हो । नेपालले पुस १० गते पाकिस्तान र पुस १२ गते भारतसँग खेल्ने छ ।

खेल तालिकामा यसपटक पनि नेपाल र भारत एकै समूहमा परेका छन् । बुधबार भारतको राजधानी दिल्लीमा भएको ‘ड्र’मा नेपाल, भारत, पाकिस्तान र श्रीलकंका समूह ‘ए’मा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

बंगलादेश, माल्दिभ्स, भुटान र डिफेन्डिङ च्याम्पियन अफगानिस्तान समूह ‘बी’मा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी