काठमाडौ ३० भदौ ।
रेडबुल राष्ट्रिय लिग फुटबलमा आज दुई खेल हुदैछ । आज अपरान्न हुने खेलमा लुम्बिनी विरुद्ध सुदुर पश्चिम र मोरङ विरुद्ध झापा मैदान उत्रिदैछ ।
यसअघि हिजो भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी एपिएफलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा भएको खेलमा थ्रीस्टारले एपिएपललाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै थ्रीस्टार १४ अङ्कका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै मोफसलको झापा फुटबल क्लब १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने १४ अङ्कका साथ एपिएफ तेस्रो स्थानमा छ ।
खेलको १०औं मिनेटमै सेगुनको गोलबाट थ्रीस्टारले प्रारम्भिक अग्रता लिए पनि २८औं मिनेटमा हेमन गुरुङले गोल गर्दैै सशस्त्रलाई बराबरीमा ल्याए । त्यसपछि जगजित श्रेष्ठले दुई तथा विजय गुरुङले एक गोल गर्दैै थ्रीस्टारलाई जिताए ।
जारी प्रतियोगितामा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीन टोलीसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।