प्रथम सबल नेपाल मिडियाकप फुटबलको उपाधी खस्यौलीलाइ

प्रथम सबल नेपाल मिडियाकप फुटबलको उपाधी खस्यौलीलाइ

  • मङ्लबार, भदौ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ,२९ भदौ ।

सवल नेपाल साप्ताहिक दव्रा सन्चालीत प्रथम सबल नेपाल अन्तर मिडियाकप फुटसल प्रतीयोगीताको उपाधी खस्यौली एफ.एम. बुटवलले हात पारेको छ ।

सोमबार राती अवेर सम्पन्न फाइनल खेलमा खस्यौली एफ एमले बुटवल टुडे राष्ट्रिय दैनिकलाइ पराजीत गरेको हो । खस्यौलीको जितमा कृष्ण न्यौपाने एक्लैले ४ गोल गरेका थिए । बिजयी टोली खस्यौली एफ.एम र उपबिजेतामा चित्त बुझाएको बुटवल टुडे राष्ट्रिय दैनीकलाइ एक समारोहका बिच शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै मिडियाकप फुटसलमा रेडियो मलमलाले भने तेस्रो स्थान हात पारेको छ । प्रतीयोगीताको उत्कृष्ट खेलाडी खस्यौलीका कृष्ण न्यौपाने घोषीत भए । समापन समारोहमा बोल्दै प्रमुख अतिथी खेलकुद पत्रकार मन्च रुपन्देहिका अध्यक्ष सुमन अधिकारीले मिडियाकप सफल भएकोमा धन्यबाद दिदै यस्ता कार्यक्रम मिडियाहाउसका बिचमा समयसमयमा भैरहनुपर्ने बताए ।

बिजयी टिमलाइ जिल्ला फुटबल सघं रुपन्देहिका अध्यक्ष कुमार केसी,एभिन्युज टेलिभिजनका ब्यूरो प्रमुख तथा बिजनेश खबर पाक्षीकका प्रधानसम्पादक दामोदर खनाल,पत्रकार गुरुदत्त ज्ञवाली ,स्थानीय हिमलाल घिमिरे लगायतले पुरस्कार बितरण गरेका थिए । सबल नेपाल साप्ताहिकका प्रधानसम्पादक अमृत पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दिपक न्यौपानेले गरेका थिए ।

यसैबिच आयोजक सबल नेपालले कार्यक्रमबाट बचेको रकमले अक्षयकोष खडा गरि प्रत्येक बर्ष रुपन्देहिका एक पत्रकारलाइ कुनै एक बिधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी