काठमाडौ २९ भदौ ।
रेडबुल राष्ट्रिय लिगमा आज एपिएफ र थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ । खेल सात दोबाटो स्थित एन्फा कम्प्लेक्समा अपरान्न साँढे तीन बजे हुनेछ ।
गत बैशाख १२ को भूकम्पका कारण स्थगित भएको राष्ट्रिय लिग फुटबल पाँच महिनापछि हिजोबाट पुनः सुरु भएको हो ।
यसअघि हिजोको खेलमा मनाङ्ग मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लवले गोलरहित बराबरी खेलेका छन् । मनाङ्गले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरे पनि गोल गर्न सकेन ।
यो बराबरीसंगै लिग तालिकामा १२ अंकसहित मनाङ्ग तेस्रो स्थानमा उक्लिएको छ । ८ अंक रहेको पुलिस छैटौं स्थानमा कायमै छ भने लिगमा १६ अंक जोडेको झापा लिगको शीर्ष स्थानमा छ ।
१४ अंकको सशस्त्र प्रहरी दोस्रो तथा समान ११ अंकका त्रिभुवन आर्मी र थ्री स्टार क्लव चौथो र पाँचौं स्थानमा छन् ।
नौ टोली सहभागी रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता पहिलो पटक होम एण्ड अवेका आधारमा संचालन भईरहेको छ ।