तनहुका अमृत गन्धर्व पहिलो

तनहुका अमृत गन्धर्व पहिलो

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाण्डौ,२७ भदौ । 

सारङ्गी रेटेर जीविकोपार्जन गर्ने गन्दर्भ “गाईने” हरुबिच भएको संगित प्रतियोगितामा तनहुका अमृत गन्धर्व पहिलो भएका छन् ।

मानववादी समाज (सोच) नेपालको आयोजना, पर्यटन, संस्कृती तथा नागरिक उड्यनन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा शनिबार काठमाडौंमा भएको संगित प्रतियोगितामा तनहुकै रामकृष्ण गन्धर्व दोस्रो र समशेर गन्दर्भ तेस्रो भएका छन् । त्यस्तै प्रतियोगिताको सान्त्वना पुरस्कार गोरखाका अमृत गान्धारीले जिते ।

सोच नेपालका सदस्य बिमला खड्काले दलित समुदायभित्र पनि लोपोन्मूख तथा अल्पसंख्यक अवस्थामा रहेका गन्धर्वहरुको सांगीतिक संस्कृतिको संरक्षण गर्न र गन्धर्व समुदायको आत्म सम्मान उच्च राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले नेपालले आधुनिक गीत संगितको मजा लिनु अगाडी पुरै देशलाई संगितमय बनाउने जिम्मा गाईने समुदायले लिएका भएपनि जातिगत रुपमा कथित अछुत भनिएकाले उनीहरुले आफ्नो व्यक्तित्व विकास खासै गर्न नसकेको बताउनुभयो ।

प्रतिभाका धनी गाईनेहरुले आफ्ना गीति एल्बम निकाल्ने र नयाँ पुस्तालाई बिक्रिगरी जीवन धान्न त कता हो कता, माग्ने भई सडक र यात्रु वाहक बसहरुमा भौतारिईरहेको उदाहरण दिदै नेपालमा संचालन भईरहेका होटल तथा रेस्टुरेन्टहरुमा गाईनेका भाका गुञ्जनुको साटो विदेशी गीतहरु मात्रै बज्नु बिडम्बना हो भन्नुभयो ।

गाईनेलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न नदिनु र उनीहरुको सांगीतिक विशेषतालाई आधुनिकिकरण नगरिनुनै यसको कारण भएको पनि उहाँले बताउनुभयो । प्रतियोगिताका विजयीहरुलाई सोच नेपालका अध्यक्ष शान्ति गुरुङ्ले प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नुभयो । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको राशी क्रमश १० हजार, ५ हजार, ३ हजार र १५ सय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी