काठमाडौं, २७ भदौ ।
नवलपरासीको सदरमुकाम परासीमा ३७ दिनदेखि लगातार बन्द रहेका शैक्षिक संस्था आजबाट संचालनमा आएका छन् ।
लामो समयको बन्दका कारण विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै चौतर्फी दबाब परेपछि आन्दोलनरत पक्षले विद्यालय संचालनमा आउन दिएका हुन् ।
पठनपाठन ठप्प रहेका सदरमुकाम र दक्षिणभेगका सबै विद्यालयमा आज बिहान ७ देखि ११ बजेसम्म पढाई सञ्चालन गरिएको छ ।
आन्दोलनरत पक्षले पढाई संचालन गर्न दिए पनि स्कुल बस भने चल्न नदिएकाकारण टाढाका विद्यार्थीहरु समस्यामा परेका छन् ।
प्रदेश सीमांकनप्रति असहमत अखण्ड नवलपरासी संघर्ष समितिले गत साउन २५ देखि बन्द गर्दै आएको छ भने साउन २७ देखि मधेश केन्द्रित दलले पनि बन्द आह्वान गरेपछि परासीबासिबन्दको दोहोरो मारमापरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline