काठमाडौं, २७ भदौ ।
युएस ओपन टेनिसको महिला एकलको उपाधि इटालीकी फ्लाभिया पेनेटाले कब्जा गरेकी छिन ।
ग्एराति भएको फाइनल खेलमा २६ औं बरियताकी पेनेटाले आफ्नै देशकी रोबेर्टा भिन्चीलाई पाखा लगाएर उपाधि उचालेकी हुन् ।
पेनेटाले भिन्चीलाई ७–६ र ६–२ को सोझो सेटमा हराउँदै पहिलो पटक ग्राण्ड स्लाम उपाधि हात पारेकी हुन् । ३३ वर्षीया पेनेटाले उपाधिसँगै तीन् करोड ३० लाख अमेरिकी डलर पुरस्कार पाएकी छिन् ।
सेमिफाइनलमा विश्व नम्बर एक सेरेना विलिम्यसलाई पाखा लगाउदै फाइनलमा पुगेकी ४३ औं बरियताकी भिन्चीको उपाधि जित्ने सपना भने अभुरै रह्यो । विलियम्सलाई २–६, ६–४ र ६–४ ले हराउदै ३२ वर्षीय भिन्ची सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline