काठमाण्डौ,२६ भदौ ।
करिब एक महिनापछि दाङ देउखुरी क्षेत्रका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।
गत साउन २७ गतेदेखि थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको आमहड्तालका कारण यहाँका शैक्षिक संस्था विगत एक महिनादेखि सञ्चालनमा आउन सकेका थिएनन् ।
बन्द आयोजकसँग नागरिक समाज, प्याब्सन दाङ, शिक्षक, विद्यार्थी, अभिभावक र संवाद समूहमार्फत गरिएको छलफलबाट विद्यालय सञ्चालन गर्न दिने सहमतिपछि आइतबारदेखि विद्यालयमा पढाइ सुरु हुन लागेको हो ।
थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति देउखुरीका संयोजक हीरालाल चौधरीले भोलिबाट विद्यालय निर्वाधरुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । एक महिनादेखि यहाँका १३७ सरकारी र ५५ निजी विद्यालयका २४ हजार विद्यार्थी विद्यालय जानबाट बञ्चित थिए
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline