अपाङ्गतामैत्री भवन नहुँदा स्रोत कक्षा सञ्चालनमा समस्या

अपाङ्गतामैत्री भवन नहुँदा स्रोत कक्षा सञ्चालनमा समस्या

  • शनिबार, भदौ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

इलाम, २६ भदौ ।

अपाङ्गतामैत्री भवन नहुँदा इलामको वरबोटे उच्च माविद्वारा सञ्चालित समाहित शिक्षाअन्तर्गत बौद्धिक अपाङ्गता तथा सुस्तमनस्थितिको कक्षा सञ्चालनमा समस्या भएको छ ।

विगत १७ वर्षदेखि बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययन, अध्यापन गराउँदै आएको स्रोत कक्षालाई व्यवस्थित गर्न समस्या भएको हो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई एकै ठाउँमा राखेर व्यावहारिक ज्ञान सिकाउन तथा बस्नका लागि आवासको समेत समस्या भएको स्रोत शिक्षक डिल्लीराम खतिवडाले जानकारी दिनुभयो ।
आफ्ना आमाबुबा तथा घरपरिवारले हेरचाह गर्न समस्या भएपछि स्रोत शिक्षामा ल्याइएका बालबालिकालाई सामान्य ज्ञानदेखि व्यावहारिक ज्ञान जस्तै हातखुट्टा, मुख धुने, दाँत धुनेलगायत खेल खेलाएर विभिन्न सीप सिकाउने गरिन्छ ।

यहाँ ल्याएका कतिपय बालबालिका बोल्न नसक्ने, लुगा लगाउनुपर्छ भन्ने ज्ञानसमेत नभएका, भात खान नसक्ने जस्ता समस्या भएकाले उनीहरुको हेरचाहका लागि दुई महिला कर्मचारी ९आय० राखिएको खतिवडाको भनाइ छ ।

यस्तै बालबालिकालाई व्यावहारिक शिक्षाका माध्यमबाट सैद्धान्तिक शिक्षामा परिवर्तन गराउनका लागि सरकारले दुई स्रोत शिक्षक राखेको अम्बर उच्च माविका प्राचार्य तुलाराम पुरीले बताउनुभयो । शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालय इलामको लगानीमा सञ्चालित बौद्धिक शिक्षा सञ्चालन कार्यक्रममा एक विद्यार्थी बराबर मासिक रुपमा रु दुई हजार ५०० सरकारले उपलब्ध गराउँदै आएको जानकारी प्राचार्य पुरीले दिनुभयो ।

स्रोत कक्षामा बालबालिकाको चापसँगै २४सै घन्टा निगरानी गर्नुपर्ने भएकाले दुई कर्मचारीले समेत धान्न समस्या भएको प्राचार्य पुरीको भनाइ छ । स्रोत कक्षामा अहिले इलामका २० र ताप्लेजुङका एक जना रहेका छन् ।

कतिपय कुपोषणका कारण पनि अपाङ्गता हुन पुगेका बालबालिका स्रोत कक्षामा आएपछि सुधार आएको पाइएको छ ।

हाल उनीहरुलाई राख्ने ठाउँ साँघुरो भएकाले एकै ठाउँमा कोचेर राख्नुपरेको छ । सरकारले उनीहरुका लागि आवश्यक पर्ने व्यवस्थित खेलमैदान, पिङ, चिप्लेटी खेलजस्ता आवश्यक खेलकुदका सामग्री सहयोगका साथै छुट्टै नीति निर्माण गर्न आवश्यक रहेको देखिन्छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी