काठमाडौ २६ भदौ । इटालीकी रोबेर्टा भिन्चीसँग पराजित भएसँगै अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएकी छिन् ।
सेरेना भिन्चीसँग २–६, ६–४ र ६–४ ले पराजित हुदै विलियम्स प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
हारसँगै यस वर्षका सबै ४ वटै ग्राण्डस्लाम जित्ने सेरेनाको सपना अधुरो र्भको छ । हालसम्म २१ वटा ग्राण्डस्लाम उपाधि जितेकी उनले यो वर्ष अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्बल्डन टेनिसको उपाधि हात पारेकी थिईन् ।
३३ वर्षे विलिम्यसले पछिल्ला तीन सहित सन् १९९९, २००२, २००८ को युएस ओपन जितेकी छिन् । सेरेनालाई पराजित गर्दै भिन्ची अब उपाधिका लागि आज आफ्नै देशकी फ्लाभिया पेनेटासँग खेल्ने छिन् ।
ग्राण्डस्लामको ४५ वर्षे इतिहासमा इटालीका दुई खेलाडीले फाइनल खल्न लागेको यो नै पहिलो पटक हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline