खेलकुद मन्त्रीलाई कारबाही गर्न निर्देशन

खेलकुद मन्त्रीलाई कारबाही गर्न निर्देशन

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २५ भदौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद् राखेपमा सदस्य सचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

मन्त्री पौडेलले सदस्यसचिव नियुक्ति र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको आयोगको ठहर छ ।

आयोगले मन्त्री पौडेलले अनुचित काम गरेकाले कारबाही हुनुपर्ने जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“आफ्नो पदको प्रकृतिअनुसार पालना गर्नुपर्ने पदीय कर्तव्यपालना ऐन अनुचित कार्य नगरेको पुष्टि भएकाले मन्त्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागि प्रधानमन्त्रीलाई लेखी पठाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्री पौडेलले राखेपको सदस्यसचिवमा केशवकुमार विष्टलाई गत असार १० गते नियुक्त गर्नुभएको थियो ।

करिब एक वर्षअघि दक्षिण कोरियाको इचोनमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा चार व्यक्तिलाई पैसा खाएर उतै भगाएको आरोप सदस्यसचिव विष्टलाई लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी