१९ वर्षमुनिको वल्र्ड कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

१९ वर्षमुनिको वल्र्ड कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २५ भदौ ।

नेपाल क्रिकेट संघ क्यानले १९ वर्षमुनिको आइसिसी वर्ल्ड कप छनौट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले राजु रिजालको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

आउँदो असोज २७ देखि कात्तिक ६ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि कप्तान रिजलासँगै उपकप्तान आरिफ शेख, दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ र सुशील कँडेल छनौट भएका छन् ।

यस्तै प्रेम तामाङ, राजवीर सिंह, आशिष धामी, ललितनारायण राजवंशी, सन्दिप लामिछाने, कुशल भुर्तेल, कमल ऐरी र हिमांशु दत्त पनि छनौटमा परेका छन् । छनौट प्रतियोगिता यसअघि नेपालमा हुने तय भएको थियो । तर वैशाख १२ मा गएको भूकम्पले गर्दा भौतिक संरचनामा क्षति पुगेको भन्दै अन्तर्रा्ष्ट्रि क्रिकेट परिषदले प्रतियोगिताको स्थान परिवर्तन गरेर मलेसियामा गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा, र पपुवा न्यु गिनी सहभागी हुनेछन् । यो प्रतियोगिताको विजेता टिमले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । विश्वकपमा आइसिसीका दश पूर्ण सदस्य राष्ट्र अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बाबे सहभागी हुनेछन् ।

यस्तै प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तान, नामिबिया, क्यानडा, फिजी र स्कटल्याण्डले स्थान पक्का गरि सकेका छन् । अब मलेसियामा हुने छनौट प्रतियोगितामा विजेता बन्ने टोलीले प्रतियोगिताका लागि स्थान बनाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी