वर्षाका कारण प्रभावित युएस ओपन टेनिस अन्तरगत महिला एकल तर्फको खेल आज हुने

वर्षाका कारण प्रभावित युएस ओपन टेनिस अन्तरगत महिला एकल तर्फको खेल आज हुने

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २५ भदौ ।  

यस वर्षको अन्तिम ‘ग्रान्ड स्लाम’ युएस ओपन टेनिस अन्तर्गत महिला एकलतर्फको सेमीफाइनलमा आज अमेरिकाकी सेरेना विलियम्स र ईटालीकी रोबर्टा भिन्ची भिड्दैछन् ।

न्यूयोर्कको फल्सीङ मिडोजमा आज साँझ हुने खेलमा अमेरिकाकी विलियम्स यो वर्षका सबै चार ग्रान्ड स्लाम जित्ने अभियानका साथ मैदान उत्रिदैछिन् ।

आजै रोमानियाकी सिमोना हालेप र ईटालीकी पेनेटा पनि भिड्नेछन् । यसअघि हिजो नै हुने भनिएको सेमिफाइनल खेल भारी वर्षा हुने प्रक्षेपण गरिएपछि आजका लागि सारिएको हो ।

यसैगरी युएस ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेलहरु पनि आजै हुनेछन् । पुरुष एकलतर्फ स्विट्जरल्याण्डका रोजर फेडेरर र स्टानिस्लास वावरीङ्का तथा सर्वियाका नोभाक जोकोभिच र क्रोएशियाका मारीन सिलिच भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी