संविधान जारी गरेर देशलाई निकास दिन सबै जुट्नुपर्छ : मन्त्री पौडेल

संविधान जारी गरेर देशलाई निकास दिन सबै जुट्नुपर्छ : मन्त्री पौडेल

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

भक्तपु्र, २४ भदौ ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संविधान जारी गरेर देशलाई निकास दिन सबै जुट्नुपर्ने बताएका छन ।

मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा आजदेखि यहाँ सुरु भएको नेपालमै पहिलोपटक चौध वर्षमुनिको महिला पुरुष दुवै सहभागी हुने मिक्स यु–१४ फुटबल खेलको आज उद्घाटन गर्दै उनले देशलाई निकास दिन सबै जुट्नुपर्ने बताएका हुन ।

मन्त्री पौडेलले संविधानसभाले एउटा द्वन्द्वको अन्त्य गरेर जान खोज्दा अर्को द्वन्द्व सुरु होला भन्ने शङ्का उत्पन्न भएको बताउँदै अब देशमा कुनै पनि द्वन्द्व स्वीकार्य नहुने बताएका छन ।

मध्यपुर युथ एशोसियसनले दुई दिने राष्ट्रिय युवा भेला तथा स्पोट्र्स फेस्टिबलसमेत सञ्चालन गरेको छ । भेलामा मिक्स फुटबल प्रतियोगिता, फुटबल फेस्टिभल र स्किल सो, फोटो प्रदर्शनी, हाजिरीजवाफ, सडक नाटक, भिडियो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रमको आयोजना गरिएको मध्यपुर युथ एसोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए ।

भेला तथा स्पोर्ट्स फेस्टिबलमा तराईका बाढी प्रभावित क्षेत्र, पहाडका भूकम्प प्रभावित क्षेत्र र दुर्गम जिल्लाका युवा, तथा प्रशिक्षक छनोट गरी कुल एकसयको सहभागिता रहेको एसोसियसनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी