असुरक्षा भन्दै कैलालीका गाविस सचिवहरु सदरमुकाममा

असुरक्षा भन्दै कैलालीका गाविस सचिवहरु सदरमुकाममा

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

धनगढी, भदौ २४  भदौं
टीकापुरको घटनाले कैलाली जिल्लामा लामो समयदेखि कफ्यू आदेश घोषणा र दंगग्रस्त क्षेत्र घोषणा भए पछि जिल्लाका सचिबहरु गविस छोडेर सदरमुकाम केन्द्रीत बनेका छन् ।
सुरक्षाको दृष्ट्रिकोणले आफूहरु असुरक्षित भएको भन्दै तराई क्षेत्रका अधिकांश गाविस सचिवहरुहरु जिल्ला विकास समिति कार्यालय आएर हाजिरी जनाईरहेको पथरैया गाविसा सचिब सन्तोष चौधरीले जानकारी दिए ।
उनले आफ्नो गाविस दंगाग्रस्त क्षेत्र घोषणा भएकोले काम गर्न असहज वातावरण भएको भन्दै सदरमुकाम आएको बताउदै गाविसमा बसेर काम गर्दा आन्दोलनरत पक्षले सरकारी कर्मचारीले सदभाव विगारे भन्दै आरोप लगाउने गरेकोले सदरमुकाम आएको बताए ।
उनले भने ‘राज्यसंग सुरक्षाको माग गर्दा तपाईहरुलाई स्कटींग गरेर गाविससम्म पुर्‍याईदिने भन्छन् तर हामी कार्य स्थल पुगेर मात्र हुदैन अर्को दिन हाम्रो सुरक्षा कस्ले दिने भनि प्रति प्रश्न गरे ।’ यस्तो समयमा राज्यले गाविस सचिबहरु कसरी काम गर्ने भनि सरकुलर निकाले सुरक्षित वातावरणको सृजना गर्न आग्रह गरे ।
कैलालीमा अखण्ड पक्षधर र थरुहट पक्षधरको आन्दोलन चर्केकेको एक महिना विति सक्दा पनि आन्दोलनको कुनै सुनुवाई नभएको कारण थारु बाहुल्यता भएको समुदायमा पहाडी समुदायलाई र पहाडी बाहुल्यता भएको समुदायमा थारु समुदायका कर्मचारी भयवित अवस्थामा रहेको छन् ।
साउन ७ गते टीकापुरको घटनापछि कैलाली जोशीपुर, दुर्गौली, बौनिया, पथरैया, धनसिंहपुर लगायतको गाविसलाई दंगाग्रस्त र धनगढी नगरपालिकामा कफ्र्यू लगाउादै आएपछि सो क्षेत्रका गाविस सचिव सदरमुकाम केन्द्रित भएका हुन् ।
गविसमा बसेर काम गर्न असहज वातावरण सृर्जना भएकोले हसुलिया, उदासीपुर, जोशीपुर, पथरैया, जानकीनगर, खैरला, मसुरिया, निगालीका गाविस सचिव सदरमुकाम पुगेका हुन् भने बसैटी, पबेरा, गदरीया लागयतका गाविस सचिवहरु सुरक्षित स्थानमा बसेर सेवा दिने प्रयास गरिएको सचिवहरुको भनाई छ ।
उता गाविसमा सचिव नभएको कारण सेवाग्राहीहरुलाई सेवा लिन गाहो भएको सेवाग्रहीहरुको भनाई छ । सेवाग्रहीहरु कफ्र्यूको समयलाई छलेर सेवा लिन सदरमुकाम पुग्नु पर्ने बाध्याता रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी