मुक्त हलिया अगुवा दुई कित्तामा विभाजित

मुक्त हलिया अगुवा दुई कित्तामा विभाजित

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 भाद्र २३, डडेल्धुरा 

मध्ये तथा सुदूरपश्चिममा रहेको हलिया प्रथाविरुद्ध काम गर्न गठित राष्ट्रिय हलिया मुक्ती समाज महासंघमा दलगत राजनीति देखिएपछि हलिया अगुवाहरु दुई कित्तामा विभाजित भएका छन् ।

भाद्र २१ गते सातौं मुक्त हलिया दिवसको अवसरमा भाद्र २१ र २२ गते डडेल्धुरामा भएको महासंघको चौथो केन्द्रिय महाधिवेशनमा उक्त विवाद बल्झिएको हो ।

विवाद बढेपछि डोटी, बझाङ्, बाजुरा र अछाम जिल्लाबाट महाधिवेशनमा सहभागी नेकपा एमाले नजिकका २५ जना महाधिवेशन प्रतिनिधी पार्षद मुक्त हलियाहरु चुनाव बहिस्कार गरि बाहिर निस्कीएको बुधबार एक विज्ञप्ती जारी गरि सार्वजनिक गरेका छन् ।

राष्ट्रिय हलिया मुक्ती समाज महासंघ केन्द्रिय अध्यक्ष मोहनलाल सार्की र चार वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधीहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा एकिकृत माओवादी

नेता तथा संविधानसभाका सभाषद हरि श्रीपाईलीको निर्देशनका कारण विवाद आएको विज्ञप्तीमा उल्लेख छ ।

विभिन्न जिल्लाका विशुद्ध मुक्त हलियाका नाममा राजनितिक दवाव तथा अन्य षडयन्त्रका बाबजुत जिल्लाबाट मुक्त हलियाको परिचय पत्र लिई आफुलाई वास्तविक हलिया हौ भनेर दावी गर्ने गैर हलियाको जत्था महासंघमा हावि भएको आरोप विज्ञप्तीमा लगाईएको छ ।

“महाधिवेशन समावेशी, हलियामैत्री र लोकतान्त्रीक बनाउनुका साटो एकलौटी कब्जा गर्ने र आफ्नो हालिमुहाली गर्ने कुचेष्टा गरि पार्टीको सभाषद जस्तो गरिमामय पदमा रहेका श्रीपाईलीले प्रत्यक्ष रुपमा आफ्नो पार्टीको खाका अध्यक्ष देखि सदस्यसम्मको ल्याउने र महासंघको निर्माण गर्नमा दु:ख गर्ने विशुद्ध हलियाहरुलाई पन्छाउने, पाखा लगाउने रणनिति र प्रत्यक्ष क्रियाकलापप्रति हामी घोर आपत्ती व्यक्त गर्दछौ” विज्ञप्तीमा भनिएको छ ।

आफुहरु सदैव मुक्त हलियाको संगठन निर्माण, उनीहरुको पुर्नस्थापनाका कार्यलाई अवरुद्ध गर्ने गरि नभई निरन्तर रुपमा जिल्ला—जिल्लावाट सहयोग पुऱ्याउने प्रतिवद्धता समेत विज्ञप्तीमार्फत जाहेर गरिएको छ ।
छुट मुक्त हलियाको तथ्याङ्क संकलन कार्य गरी पुर्नस्थापनाको कार्य द्रुत रुपमा अगाडी बढाउन, हलियाको न्यायिक पुन:सर््थापना सहितको नयां संविधान जारी गर्न माग समेत विज्ञप्तीमा माग गरिएको छ ।
वि.सं. २०६४ मा गठित राष्ट्रिय हलिया मुक्ति समाज महासंघकै अगुवाईमा विभिन्न त्याग तपस्याबाट वि.सं. २०६५ भाद्र २१ मा नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।
महासंघको चौथो महाधिवेशनमा नेतृत्व चयनमा विवाद देखिएपछि मुक्त हलिया पुनसर््थापनामा समेत त्यसको असर पर्ने हुादा दलगत स्वार्थभन्दा माथि उठेर हरेक मुक्त हलियाका अगुवाहरुले लचकता अपनाउनु आवश्यक देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी