शिक्षा क्षेत्रमा जिल्लामा उत्कृष्ठ भएकाहरु सम्मानीत तथा अबकाश पाउनेहरु बिदाई

शिक्षा क्षेत्रमा जिल्लामा उत्कृष्ठ भएकाहरु सम्मानीत तथा अबकाश पाउनेहरु बिदाई

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

२३ भदौ, अछाम 
३६ औ राष्टिय शिक्षा तथा अन्तराष्टिय साक्षरता दिवसको अवसरमा शिक्षा क्षेत्रमा अछाम जिल्लामा उत्कृष्ठ काम गर्ने विभीन्न व्यक्ति तथा संस्थाहरु सम्मानीत भएका छन् ।

शैक्षीक सत्रमा जिल्ला स्तरीय परीक्षा कक्षा ८ मा जिल्ला प्रथम हुने सुर्य मावी रहफका छात्र भरत शाही र बर्चहील एकेडेमी साफेवगरका छात्रा पुर्णीमा कुवरलाई नगद तथा पंशसा पत्र सहीत सम्मान गरीएको छ भने प्रबेशीका परीक्षा एसलसी २०७१ मा ८८ दशमलव ३८ प्रतीशत ल्याएर छात्रा तर्फ जिल्ला प्रथम हुने बिद्याप्रबोधनी मावी घोडासैनका छात्रा एन्जीला कुवर र छात्र तर्फ ८७ दशमलब २५ प्रतीशत अंक ल्याएर जिल्ला प्रथम हुने भुवनेश्वरी मावी कुईकाका छात्र देबेन्द्र टमट्टालाई पनी नगद तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरीएको छ ।

यसैबिच गत शैक्षीक सत्रमा शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेकोमा राष्टिय शिक्षा पुरस्कार २०७१ बाट कालीका माबी बिरपथका शिक्षक राम बहादुर शाही, सिद्धेश्वरी मावी धमालीका शिक्षक बिष्णु प्रशाद शर्मा, प्रभाधम्कोट उमावीका सिद्धेश्वरका बिद्यालय व्यवस्थापन समीतीका अध्यक्ष भरत कुवरलाई प्रशंसा पत्र दिईएको छ ।

यस्तै गत शैक्षीक सत्रमा कार्यसम्पादनका आधारमा स्रोत व्यक्ती बृकेश सिंह बोगटी, जगत बहादुर सिजापती, प्राबीधीक सहायक दान बहादुर बिष्ट, कार्यालय सहयोगी तिलक बोगटी र मनसरा आउजीलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरीएको छ ।

यस्तै यस शैक्षक सत्रमा उमेरको हदबन्दी अनुसार अबकाश पाउने शिक्षक पेशामा लामो समय सम्म योगदान पुऱ्याउनुभएकोमा श्री बैजनाथ उमावी पायलका शिक्षक मणीराज जोशी, श्री मन्दाकीनी प्रावी सान्तडाका शिक्षक पदम बहादुर साउद, श्री धम्कोट प्रावी बर्दादेबीका शिक्षक मोतीराम शर्मा, अन्नपुर्ण उमावी कालागाउका प्रधानाध्यापक कृष्ण बहादुर रावल र शिक्षक भत्तराज रेग्मी, कालीका माध्यामीक बिद्यालय हात्तीकोटका शिक्षक देब बहादुर बुडथापालाई दोसल्ला ओढाई सम्मानका साथ बिदाइ गरीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी