काठमाडौँ, २३ भदौ । नागरिकमा बढ्दै गएको चेतनाले गर्दा दैनिक ३०० ट्रक फोहर थुप्रिदै आउने गरेको टेकुस्थित ट्रान्सफर स्टेसनमा अहिले फोहर शून्य भएको छ ।
मङ्गलबार सञ्चारकर्मी र महानगरपालिकाको पदाधिकारसँगको स्थलगत अवलोकन भ्रमणपछि कार्यकारी प्रमुख रुद्रसिंह तामाङले, पछिल्लो समय नगरवासीमा चेतना विकास हुँदै गएकाले सफा सहर बनाउन ठूलो सहयोग पुगेको बताउनु भयो ।
नागरिकमा चेतनाकै कारणले गर्दा अहिले स्टेसनमा फोहर छैन । सहरका मुख्य स्थानबाट फोहर पनि सहजै उठेको छ । सहरमा उब्जने गरेका फोहर यसरी उठ्नु भनेका वातावरण सफा रहनु नै हो ।
हरेक स्थानबाट निस्कने फोहरलाई नागरिकले कुहिने नकुहिने र पुनः प्रयोग गर्न मिल्ने नमिल्ने भनि छुट्याउनुनै सबैभन्दा राम्रो फोहर व्यवस्थापन गर्ने उपाय हो ।
यसरी फोहर व्यवस्थापन गर्न सकियो भने आउँदै गरेको चाडबाडमा कुनै किसिमका समस्या उत्पन्न हुने छैनन् ।
महानगरपालिकाले सहरबाट फोहर सङ्कलन गरेर ट्रान्सफर स्टेसनमा सङ्कलन गरी, सङ्कलित फोहरलाई स्यानिटरी ल्यान्डफिल साइटमा ढुवानी गर्ने गरेको छ ।