काठमाडौ २३ भदौ ।
युरो कप छनौट अन्तरगत गएराति सम्पन्न खेलमा स्वीडेनलाई पराजित गर्दै अष्ट्रिया पहिलो पटक युरो कपका लागि छनोट भएको छ ।
समुह जी अन्तरगतको खेलमा स्वीडेनलाई ४–१ ले पाखा लगाउदै अष्ट्रिया आगामी वर्ष फ्रान्समा हुने युरोपकमा छनौट हुने पाँचौ टिम बनेको छ ।
यसअघि सन् २००८ मा सहआयोजकको नाताले युरोकप खेलेको अष्ट्रिया छनौट खेल खेलेर पहिलो पल्ट युरोकपमा छानिएकोे हो । २००८ को युरोकपमा अष्ट्रिया पहिलो चरणबाटै बाहिरिएको थियो ।
अष्ट्रियासँगको हारपछि तेस्रोे स्थानमा झरेको स्वीडेनको युरोकपमा छानिने संभावना कायम छ । आयोजक फान्स, इंग्ल्याण्ड, चेक गणतन्त्र, आइसल्याण्ड यसअघि नै प्रतियोगितामा छनौट भइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline