फुटबल ओझेलमापरेको भन्दै फयान कल्ब गठन

फुटबल ओझेलमापरेको भन्दै फयान कल्ब गठन

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 

काठमाण्डौ,२२ भदौ । 

खेलकुदको क्षेत्रमा खेलको राजा मानीने फुटबल केही समययता नेपालमा ओझेलमा पर्न लागेको भन्दै फुटबल जोगाउ भन्ने नाराका साथ धरानमा धरान फुटबल फयान क्लबको गठन गरिएको छ ।

आज धरानको पत्रकार महासंघको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गरि सो क्लवको गठन गरिएको क्लबका महासचिव रामकृष्ण खडकाले जानकारी दिनुभयो ।

सम्मेलनमा बिगत केही समयदेखी एन्फाका अध्यक्ष गणेश थापा ,खेल पदाधिकारिहरु र सम्बन्धीत निकायका बिवादका कारण नेपालको फुटबल ओझेलमा पर्न लागेको भन्दै सो बिवादलाई सामाधान गर्नका लागी सहजकर्ताको भुमिका खेल्नका लागी पनि सो क्लबको गठन गरिएको क्लबका अध्यक्ष अशोक राईले बताउनुभयो ।

उहाले बिगतका दिनमा पुर्वाअञ्चलमा हुदै आएको ठुलठुला खेलहरु बिवादकै कारण हुन छाडेकोले पनि यस्ता क्लबको गठन हुनु जरुरी रहेको बताउनुभयो । कुनै पनि अवस्थामा फुटबल खेललाई जोगाउनुपर्नै बताउदै राईले यसका लागी १७ सदस्य कार्यसमिति नै चयन गरेको बताउनुभयो ।

जसको उपाध्यक्षमा बिक्रम राई,महासचिवमा राम कृष्ण खड्का,सचिवमा उसा राई, र कोषाध्यक्षमा उषा राई रहेका छन ।त्यस्तै सदस्यहरुमा सुभाष कार्की,सुरज कान्छा,आशिष पाख्रिन,सिता राई,जनक सुनुवार,सुनिल गुरुङ्ग लगायत रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी