पहिलोपटक चौध वर्षमुनि मिक्स फुटबल हुने

पहिलोपटक चौध वर्षमुनि मिक्स फुटबल हुने

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, भदौ २२ ।

मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको चौध वर्षमुनिको महिला पुरुष दुवै सहभागी मिक्स चौध वर्षमुनि फुटबल भोलीदेखि मध्यपुरको मैदानमा हुने भएको छ ।

त्यस अवसरमा दुईदिने राष्ट्रिय युवा भेला तथा स्पोट्र्स फेस्टिबलसमेत सञ्चालन हुनेछन् । दुईदिने भेलामा मिक्स फुटबल प्रतियोगिता, फुटबल फेस्टिभल र स्किल सो, फोटो प्रदर्शनी, हाजिरीजवाफ, सडक नाटक, भिडियो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रमको आयोजना हुनेछ ।

यही भदौ २४ र २५ मा ज्याम्बोरीको आयोजना हुनेछ भने त्यसअघि भदौ २२ र २३ मा प्री ज्याम्बोरी हुनेछन् । यस भेला तथा स्पोर्ट्स फेस्टिबलमा तराईका बाढी प्रभावित क्षेत्र, पहाडका भूकम्प प्रभावित क्षेत्र र दुर्गम जिल्लाका युवा, सर्वसाधारण तथा प्रशिक्षक छनोट गरी कुल एक सयको सहभागिता गराइने आयोजकले जनाएका छन् ।

कार्यक्रमको लागत कुल रु ६ लाख ५० हजार रहेको र कार्यक्रममा विभिन्न जिल्लाका फुटबल सङ्घको सहभागिता रहेको आयोजकले बताएका छन् । अन्तर्रा्ष्ट्रिय संस्था सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले राइट टू प्लेको सहायताबाट युवा तथा प्रशिक्षकलाई फुटबलको माध्यमबाट समाज, समुदाय र राष्ट्रलाई सचेतना जगाउने उद्देश्यका साथ भेला आयोजना गरिएको मर्सी कोरका प्रबन्धक नवीन लामिछानेले बताउनुभयो ।

भेलामा हुने मिक्स फुटबल प्रतियोगितामा चौध वर्षमुनि उमेर समुहको खेलको एक टोलीमा आठ महिला र आठ पुरुष गरी कुल १६ खेलाडी रहने मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी