काठमाडौं, २२ भदौ ।
गत साता नयाँ प्रशिक्षकमा नियुक्त भएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओसेम्सले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन ।
ओसेम्सले भारतीय टोलीसंगको मैत्रीपुर्ण खेलका लागि छनौट भएका ३० खेलाडीलाई प्रशिक्षण दिन आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बोलाएका छन ।
प्रशिक्षक ओसेम्सले अहिले हप्तामा ३ दिन मात्र प्रशिक्षण दिनेछन भने त्यपछि विस्तारै दैनिक अभ्यासमा जाने बताएका छन ।
यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न दक्षिण एसियाली फुटबल संघ (साफ) च्याम्पीयनसिपमा नेपाालाई उपाधि जीताउन सके प्रशिक्षक ओसेम्सलाई १५ हजार अमेरिकी डलर पुरस्कार दिने घाषणा नियुक्त भएकै दिन गरेका छ ।
नेपालले छिट्टै दक्षिण एसियाली खेलकुद प्रतियोगिता र साफ च्याम्पीयनसिप खेल्दै छ । यसैलाई मध्यनजर गर्दै एन्फाले ओसेम्सलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो ।
यसैबीच प्रशिक्षक ओसेम्सले आफु पैसाका लागि नभएर नेपाली फुटबलमा विद्यमान चुनौती सामना गर्न आफु नेपाल आएको बताएका छन ।