युरोकप फुटबल छनोट खेलमा जर्मनी र पोर्चुगल विजयी

युरोकप फुटबल छनोट खेलमा जर्मनी र पोर्चुगल विजयी

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, २२ भदौ ।

युरोकप फुटबल छनोट अन्तर्गत गएराती सम्पन्न खेलमा जर्मनी र पोर्चुगल विजयी भएका छन् ।

समुह डी अन्तर्गतको खेलमा जर्मनीले स्कटल्याण्डलाई ३–२ ले पराजित गरेको छ । जितसँगै जर्मनीे अर्को वर्ष हुने युरोकप फुटबलमा सोझै छनोट हुने सम्भावना बलयिो बनेको छ ।

यस्तै स्कटल्याण्डको यात्रा भने कठिन बनेको छ । समुहका अन्य खेलहरुमा पोल्याण्डले जिब्रल्टारलाई ८–१ ले पाखा लगाउदा गणतन्त्र आयरल्याण्डले जर्जियालाई १–० ले पराजित र्गयो ।

उता समुह आई अन्तर्गतको खेलमा पोर्चुगलले अल्बानियालाई १–० ले हराएको छ । सोही समुहको अर्को खेलमा डेनमार्कले अर्मेनीयासँग गोलरहित बराबरी खेल्यो ।

उक्त समुहमा दुई खेल खेल्न बाँकी रहेको पोर्चुगल १५ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल मात्रै खेल्न बाँकी रहेको डेनमार्क १२ अंकसहित दोस्रो स्थानमा रहदा ११ अंकका साथ अल्बानिया तेस्रो स्थानमा छ ।

युरोकप फुटबलको लागि युरोपका ५३ राष्ट्रले ९ समुहमा विभाजित भएर छनोट प्रतियोगिता खेलिरहेका छन् ।

प्रत्येक समुहका शीर्ष दुई टोली सिधै प्रतियोगिताको लागि छनौट हुनेछन् भने तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी