यूएईको बालुवामा फक्रिएकी मेनुषा

यूएईको बालुवामा फक्रिएकी मेनुषा

  • सोमवार, भदौ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

 ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल , सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल ! कविवर माधब प्रसाद घिमिरेले लेखेको शाश्वत सत्य बोकेको यो उक्तिलाई पछिल्लो समय यूएईको कलाकारिता जगतमा चम्कदैं गएकी मेनुषा तामाङले पनि चरितार्थ गरिदिएकी छिन् ।
नुवाकोटको स्थायी बासिन्दा मेनुषा वैदेशिक रोजगारीको क्रममा विगत तीन वर्षदेखि यूएईको अल ऐन शहरमा कार्यरत छिन् । नृत्य र मोडलिङलाई आफ्नो सोख बनाएकी उनले यी दुबै क्षेत्रमा उत्तिकै पोख्त पनि छिन् ।
प्रवासको ब्यस्त समयको बाबजुद यहाँ आयोजना हुने अधिकांश कार्यक्रममा उनको सक्रियता र सहभागिता त देखिन्छ नै यहीं रहेर पनि उनले करीब आधा दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् ।
यूएईमा आयोजना हुने नेपाली कार्यक्रमका अधिकांश स्टेजहरुमा उनको उपस्थिति अपरिहार्य जस्तै भएको छ । दर्शकको मनोभावना बुझेर मौलिक र आधुनिक दुबै नृत्य प्रस्तुत गर्न सक्ने उनलाई आकर्षक शरीर र उज्वल मुहारले पनि उस्तै साथ दिएको छ ।
सानैदेखि नै नाँच्ने गाउने कुरामा रुचि रहेको बताउने उनी नेपालमा रहँदा पनि विभिन्न कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेको दाबी गर्छिन् ।हँसमुख स्वभाव र सहयोगी मनले सबैको मनमा राज गर्न उनिलाई थप सहयोग पुर्याएको छ ।
नेपाली चेलिहरु बिदेश आएपछि नेपाली पुरुषसँग बोल्न मान्दैनन् भन्ने आम आरोपका बिच उनी त्यस्तो अपवाद पात्र हुन् ,जो पहिलो भेटमा नै सबैलाई दाजुभाइको अपनत्व महशुस गराइदिन्छिन ।
हालै मात्र प्यारालसिस रोगबाट ग्रस्त नेपाली चेली सोममाया तामाङको सहयोगार्थ उनको सक्रियता उठाइएको ८५००० रुपैयाँ भन्दा बढीको सहयोगले उनको सहयोगी मनको जाहेरी दिन्छ ।
नजिकिदो तीजको अवसरमा आयोजना हुन लागेका विभिन्न कार्यक्रमको लागि ब्यस्त मेनुषाको दौडधुप देख्दा नेपाली कलाकारिताको क्षेत्रमा उनको भविष्य स्वर्णिम हुने अनुमान गर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी