धनगढी, २० भदौं/ आईतबारदेखि कैलालीका विद्यालयहरु सञ्चालनमा आएपछि विद्यार्थीहरु खुसी भएका छन् । लामो समयदेखि विद्यालय जान नपाएर निराश बनेका विद्यार्थीहरु स्कुल जान पाउादा खुसी भएका हुन् ।
धनगढीमा रहेको दुन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सागर थापाले विद्यालय बन्द भएपछि घरमा समय बिताउन गाह्रो भएको र पढाई पनि प्रभावित भएको बताए । उनले दिनभरी टिभी हेरेर समय बिताउने गरेको बताए ।
विद्यालय सञ्चालनमा आएपछि धेरै रमाईलो भएको छ उनले भने –‘स्कुलमा साथीभाईसाग भेटघाट पनि भयो, अध्यन गर्न पनि पाईयो ।’ ‘घरमा अभिभावकहरुले आम हडताल र कफ्र्युका कारण विद्यालय पठाउन डराईरहेका छन,’ सोही विद्यालयक कक्षा ७ का सुनील जोशीले भने– ‘आमा बुबाहरु विद्यालय सञ्चालन भएपछि स्कुल पठाउन त ढुक्क हुन भयो तर, आम हडतालका कारण अझै पनि उनीहरु त्रसित छन् ।’
विद्यालय शान्ति क्षेत्र भएकाले विद्यार्थीहरुमा आम हड्ताल र कफ्र्यूको त्रास नहुनुपर्ने भएपनि विद्यार्थी र अभिभावकहरुमा यो त्रास अझै कायमै छ । धनगढीमा रहेको लिटल फ्लावर बोडिङ्ग स्कुलमा कक्षा २ मा अध्ययनरत दिपक चन्दले भने– ‘घरमा टि.भी हेर्दै बस्थे, साथीभाईसाग खेल्न पाउन्थेन, साथीभाईसाग खेल्न मन लाग्थ्यो तर, अभिभावकहरु डराएर बाहिर जान दिन्थेनन् ।’
सोही विद्यालयका कक्षा ४ मा अध्ययनरत हर्क नेगीले विद्यालय आउादा वा जाादा मनमा डर लागिरहेको बताए । उनले भने –‘धनगढीमा कफ्र्यू छ, सुरक्षाकर्मीले भेट्यो भने पिट्छन भन्छन,त्यसैले डर मानि मानी विद्यालय आउने जाने गर्छु ।’
लिटिल फ्लावरका प्रिन्सिपल रामचन्द्र शाहीले अझै पनि आम हड्ताल र कफ्र्यूका कारण अभिभावकहरुमा त्रास रहेको हुादा विद्यालयमा विद्यार्थीहरु पठाउन डराईरहेको बताए । उनले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका अधिकाास विद्यार्थीहरु आईतबार विद्यालयमा नआएको जानकारी दिए । उनका अनुसार यी कक्षामा २५ प्रतिशत विद्यार्थी मात्र आएका थिए । उनले भने पहिलो दिन सुचनाको अभाव भएको, पर्वका कारण पनि प्रभावित भएको छ ।
एक शैक्षिक सत्रमा १ सय ५० देखि १ सय ७० दिनसम्म पढाई हुनुपर्ने भएपनि १८ दिन नाघिसकेको विद्यालयहरुले जानकारी दिएका छन् ।
विद्यालयमा ४ वटा परिक्षा हुनुपर्नेमा दोस्रो त्रैमासिक परिक्षा पढाई नभएर नै विद्यार्थीहरुले दिनुपर्ने अवस्था आएको छ । विद्यालयहरुका अनुसार दोस्रो त्रेमासिक परिक्षाका लागि विद्यार्थीहरुले २० दिनमात्र पढेर परिक्षा दिनुपर्ने भएको छ ।
सोमबार(आज) बाट बिद्यालय संचालन गर्न लागेका ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टले विद्यालयहरुलाई छुटेको कोर्ष पुरा गर्नका लागि विदामा दिनमा पनि पढाउनुपर्ने अवस्था आएको बताए ।
शनिबार लामो समयदेखि बन्द रहेका कैलालीका बिद्यालयहरु सञ्चालन गर्न दिन आन्दोलनरत थरुहट/थारुवान संघर्ष समिति तयार भएपछि आईतबार बाट बिद्यालय खुल्ने निर्णय भएको थियो । आईतबार केही बिद्यालय संचालनमा आएपनि सोमबार बाट भने धनगढीका सबै बिद्यालय संचालनमा आउने बिद्यालयहरुले जनाएका छन् ।
दिउसो कफ्र्यु लागिरहेका कारण धनगढीमा बिहान ६ देखि ११ बजेसम्म बिद्यालय खुलेका छन् । प्याब्सन कैलालीका अध्यक्ष आर. सी यादबले आन्दोलनका कारण बन्द रहेका जिल्लभारिका बिद्यालयहरु सञ्चालन हुने बताए ।
जिल्लाको पुर्वी टीकापुर क्षेत्रमा भने अझै बिद्यालय सञ्चालन हुने छैनन् । टीकापुर र भजनी त्रिशक्ति नगरपालिका तथा छ गाविसमा लामो समय कफ्र्यु लागिरहेका कारण बिद्यालय सञ्चालन नहुने भएका हुन् । धनगढी नगरपालिकामा आईतबार दिउासो १२ देखि ३ बजेसम्म कफ्र्यु लागेको थियो भने आज पनि यथावत रहेको छ ।
धनगढी/ आन्दोलनरत पक्षले आईतबार एक प्रेस विज्ञप्ति जारी गदै विद्यालयमा कुनै प्रभाव नपार्ने जनाएका छन् ।
विगत १ महिना देखि कैलाली कंचनपुरलाई थरुहट/थारुवान प्रदेशमा राखी सिमांकन गरी नयाा संविधान निमार्ण गर्नु पर्ने थरुहट/थारुवान संघर्ष समिति र रानाथारु संयुक्त संघर्ष समिति कैलालीको संयुक्त पहलमा आम हाडताल लगायत विभिन्न आन्दोलनका कार्यक्रम भइरहेको कुरा सर्व विदित भएको भन्दै लामो समय देखि बन्द रहेका शिक्षण संस्थाको हकमा विद्यार्थीहरुको पठन/पाठन गर्न पाउनु पर्ने हकलाई मध्यनजर गर्दै शिक्षक वुद्धिजिवी र विद्यार्थीहरुको आग्रहलाई मनन गर्दै विद्यालयमा कुनै प्रभाव नपार्ने प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
‘भदौ १९ गते जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सर्वदलीय, सर्वपक्षिय वैठकको निर्णयानुसार सधैका लागि कुनै पनि पक्षले शिक्षण संस्थालाई बन्द नगर्ने र प्रशासनको पनि कफर््युलाई सहज व्यवस्थापन गर्ने सहमति भएकोले सर्वदलिय, सर्वपक्षिय सहमति भए बमोजिम कैलाली जिल्लाको हकमा शिक्षण संस्थाहरु निर्वाद रुपमा संचालन हुने व्यहोरा प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
धनगढी/ कैलालीको टिकापुरमा पनि आज (सोमबार)देखि पठनपाठन शुरु भएको छ । आईतबार बसेको सर्वपक्षीय वैठकले आजदेखि पठन पाठन शुरु गर्ने जनाएको हो ।
शनिबार कैलालीको धनगढीमा पठन पाठन सुचारु गर्ने सहमति भएपछि आइतवार टीकापुरमा पनि पठन पाठन सुचारु गर्ने सहमति भएको छ ।
पहिलो चरणमा क्याम्पस, उच्च माबि र कक्षा १० को पठन पाठन सुचारु गर्ने निर्णय भएको छ । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालको अध्यक्षतामा बसेको बैठकले पठन पाठन सुचारु गर्ने निर्णय भएको हो ।
बैठकमा स्थानीय राजनीतिक दलका नेता, उद्योग बाणिज्य संघका प्रतिनीधि, क्याम्पस प्रमुख, बिद्यालय प्रमुख, नीजि बिद्यालयका संचालक, पत्रकार, मानव अधिकारकर्मी तथा सशस्त्र प्रहरी र टीकापुरस्थित इलाका प्रहरीका प्रमुखको उपस्थिती रहेको थियो ।
बैठकमा कफ्र्यू समय बिहान ६ बजेदेखि १२ बजेसम्म हटाउन जिल्ला सुरक्षा समितिसंग माग गर्ने निर्णय भएको छ । बैठकमा सहभागि बिद्यालय संचालकले कफ्र्यू समय बढाएर बिद्यालय खुल्ने वातावरण बनाउन सुझाव दिएका थिए ।
‘सुरक्षाको दृष्टिले हो, पहिलो चरणमा क्याम्पस, उच्चमावि र कक्षा १० को पढाई सुचारु गरौं । दुई तीन दिनमा अरु कक्षा पनि संचालन गर्ने वातावरण बने संचालन गरौंला ।’ प्रशासन प्रमुख धितालले भने ,‘कसरी सहज वातावरण बन्छ भन्ने उद्देश्य हो । सुरक्षाकर्मीको आफ्नै बिश्लेषण छ ।’ लम्कीमा निर्बाद रुपमा पठन पाठन संचालन भइरहेको छ । खण्ड अखण्डको अधिकार माग्नेहरुले बिद्यालयलाई ढाल बनाएपछि यस क्षेत्रका बालबालिका शिक्षा लिनबाट बञ्चित भएका छन् । उसो त अधिकार माग्नेहरुका पनि बालबालिका छन् तर यस तर्फ ध्यान गएको पाइदैन । ‘हाम्रालाई त क ख बाट शुरु गर्नुपर्छ सबै बिर्सिसकेका होलान् ।’ बिद्यालय बन्दप्रति एक जना सामुदायिक बिद्यालयका शिक्षले यसरी व्यंग्य गरे ।
फोटो क्याप्सन : विद्यालयबाट खुशी भएर घर फर्कदै विद्यार्थीहरु ।