काठमाडौं, २० भदौं ।
पाल्पाको तानसेनमा आज सिन्दुर जात्रा मनाईदै छ ।
अंग्रेजसंगको युद्धमा नेपालले वीजयी प्राप्त गरेको दिनको सम्झनामा कृष्ण जमाष्टमीको भोलिपल्ट अर्थात आजको दिन तानसेनमा विजय उत्सब स्वरुप श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाइदै आएको छ ।
नेपाल एकीकरणको समयमा युद्धमा जानु अघि तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले युद्ध जितेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा गर्ने भाकल गरी गएकाले विक्रम सम्वत १८७६ देखि निरन्तर जात्रा मनाउन थालिएको हो ।
बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेपछि रणउजिरेश्वरी भगवति जात्रा मनाउन थालिएको हो ।
जात्राको अघिल्लो दिन शनिबार रातभरी जाग्राम बसेर भगवतिको महिमा गाउने, राति १२ बजे साइत हेराएर भगवतीको रथ उचाल्ने, बली दिने, आइतबार बिहानैदेखि पूजा पाठ गर्ने र दिनभर रथलाई तानसेन बजार परिक्रममा गर्ने प्रचलन छ ।
रथका साथमा नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, स्थानीय तथा अन्य स्थानबाट आएका भक्तजन र झाँकीको उपस्थिती रहने गर्दछ ।
