इङ्गल्याण्ड युरो कप फुटबलका लागि छनोट

इङ्गल्याण्ड युरो कप फुटबलका लागि छनोट

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २० भदौ ।

युरो कप फुटबल छनौट प्रतियोगिता अन्तरगत गएराति सम्पन्न खेलमा इङ्गल्याण्ड विजयी भएको छ ।

समुह ई अन्तर्गतको खेलमा इङ्गल्याण्डले सान मारिनोलाई ६/० ले पराजित गरेको हो । जितसँगै इङ्गल्याण्ड आगामी वर्ष फ्रान्समा हुने युरोकप फुटबलका लागि छनौट भएको छ ।

प्रतियोगिताबाट वायन रुनीले देशका लागि सर्वाधिक गोलकर्ता सर बबी चार्लटनको किर्तिमानमा बराबारी गरेका छन् ।

चार्लटन र रुनी दुबै जनाले इंग्लण्डका लागि ४९ गोल गरेका छन् । युरोकप छनौटको अर्को खेलमा इंग्लण्डले आगामी मंगलवार स्विट्जरल्याण्डसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत गएराती नै सम्पन्न अन्य खेलहरुमा स्पेनले स्लोभाकियालाई २/० ले पराजित गरेको छ भने स्विट्जरल्याण्डले स्लोभेनियालाई ३/२ ले हराएको छ ।

यसैगरी युरोकप छनौटकै अन्य खेलहरुमा युक्रेनले बेलारुसलाई ३/१ ले, रुसले स्विडेनलाई १/० ले तथा अष्ट्रियाले मल्दोभालाई १/० ले हराएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी