एम्स कलेजमा अध्यन गर्ने बेरोजगार भएका छैनन् : मिरा खनाल (प्रिन्सीपल ) , ईन्दीरा बरुवाल ( प्रशासन प्रमुख )

एम्स कलेजमा अध्यन गर्ने बेरोजगार भएका छैनन् : मिरा खनाल (प्रिन्सीपल ) , ईन्दीरा बरुवाल ( प्रशासन प्रमुख )

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

पूर्वाञ्चाल विश्व विद्यालयबाट मान्यता प्राप्त अल्का अस्पताल जावलाखेलद्धारा सञ्चालित एम्स कलेज हात्तीवनमा अहिले धमाधम बीएन नर्सिङको लागि भर्ना खुलेको छ ।

अहिले श्वास्थ्य विज्ञानको क्षेत्रमा खुलेका शैक्षिक संस्थाहरुका बीचमा तीव्र प्रतिस्पर्धा भईरहेको सन्दर्भमा एम्स कलेज हात्तीवनले पनि नया स्किम सहितको सैद्धान्तिक तथा व्यवहारीक कक्षा मात्र नभएर उत्कृष्ट हुनेहरुलाई अल्का अस्पताल र एम्स कलेजमै गरेर रोजगारको समेत व्वस्था गरेको बताउछिन् एम्ल कलेजकी प्रिन्सिपल मिरा ।

साथै कलेजमा पढाईका लागि भूकम्प प्रतिरोधी भौतिक संरचना, उत्कृष्ट ल्याव लगायतको सुविधा रहेको प्रशासनिक प्रमुख ईन्दीरा बरुवाल ।

alka

यसै सन्दर्भमा मिर्मिरेका लागि सिर्जना तिम्सिनाले प्रिन्सिपल मिरा खनाल र प्रशासन प्रमुख ईन्दीरा बरुवालसग‘ एकैसाथ स‘युक्त रुपमा गरेको कुराकानीको सम्पादित अंशः

यो पिबीएन नर्सिङ भनेको के हो ?

पोष्ट बेसिक ब्याचलर इन नर्सिङ अर्थात यो पिबिएन भनेको पनि नर्सिङ प्रोफेसनकै एउटा विधा हो । नर्सिङका विभिन्न प्रोग्रमहरु हुन्छन् ।

त्यस मध्ये पिसिएल नर्सिङ (प्राफेसेन्सी सर्टिफिकेट इन नर्सिङ) पोष्ट बेसिक ब्याचलर इन नर्सिङ र बिएससी इन नर्सिङ विधाहरु रहेका छन् । यति मात्रै नभएर मास्टर्स र पिएचडी सम्म पनि नर्सिङ क्लासहरु छन् ।

तर हाम्रो कलेज एम्स् कलेज जुन अल्का अस्पतालको सिस्टर्स अर्गनाइजेसन हो, त्यसमा चाही हाम्रो अहिले एक्जेस्टीङ दुईटा प्रोग्रम पिसिएल नर्सिङ र ब्याचलर इन नर्सिङ प्रोग्रमहरु छन् । \

पिसिएल नर्सिङको चाही भर्ना लगभग सकिन लागेको छ भने ब्याचलर इन नर्सिङको फराम वितरण अहिले भइरहेको छ ।

यो पिसिएल नर्सिङ र पिबिबीएन नर्सिङमा के भिन्नता छ, यसमा विद्यार्थीहरु पनि झुक्किन्छन् कि ?

यो पिसिएल नर्सिङ भनेको प्रोफिसेन्सी लेबल इन नर्सिङ हो । जुन फाउन्डेसन अफ नर्सिङ हो । जब हामीसँग कुनैपनि प्रोग्रामको बारेमा आधारभूत ज्ञान हूदैन, अथवा आधारभूत अभ्यास हुदैन, उनीहरुले राम्रो काम गर्न सक्दैनन् । यो पिसिएल नर्सिङ पास गरे पछाडी उनीहरु अस्पतालमा स्टाफ नर्सको पदमा रहेर काम गर्छन् ।

यो बिएससी नर्सिङ र यो बिएन नर्सिङको छुट्टा छुट्टै पढाई हुन्छ ?

यो बिएससी नर्सिङ र यो बिएन नर्सिङमा मान्छेहरु प्राय झुक्कि राखेका हुन्छन् । तर यसमा हामीले बुझ्नु पर्ने कुरा के छ भने पिसिएल नर्सिङ पास गरेर काउन्सिलको रजिस्ट्रेसन भए पश्चात एक वर्षको अनुभवपछि मात्र यो पिबीएन अथवा समान्य व्यक्तिले बुझ्ने भाषामा भन्नु पर्दा बिएन पढ्नका लागि उनीहरु योग्य हुन्छन् ।

यो बिएन र बिएससी र बिएससी नर्सिङको पोजिसन अथवा तह एउटै हो । तर बिएससी नर्सिङमा साइन्ससाग रिलेटेड वायोलोजिमा प्लस टु पढेका विद्यार्थीले मात्र पढ्न पाउछ भने पिबिएन भनेको पिसिएल नर्सिङ गरेका विद्यार्थीहरुले पढ्न पॉउछन् ।

अहिले बिएनमा फाराम वितरणको कार्य भइरहेको छ, यसका लागि के के छ क्राइटेरीयाहरु ?

यसको क्राइटेरीया भन्नु पर्दा पिसिएल नर्सिङ पास गरेपछि नेपाल नर्सिङ काउन्सिलमा रजिस्टर भएको मितिले फाराम भर्ने अन्तिम मिति सम्म एक वर्षको कार्य अनुभव भएका विद्यार्थीहरुले यसमा फाराम भर्न पॉउछन् अथवा इन्ट्रान्स्मा कम्पिटिसन गर्न पॉउछन् । अहिले फाराम खुलिरहेको छ र यसको म्याद भदौ २५ गतेसम्म रहेको छ ।

अहिले कति वटा कोटाका लागि भर्न खुलिरहेको छ ?

हाम्रो कलेज पूर्व अन्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । त्यसैले यो बिएन कार्यक्रका लागि ४० ओटा कोटा छन् । यसमा छात्रावृत्तिको व्यवस्थाहरु पनि मिलाएको छ ।

छात्रावृत्ति अथवा सहुलियतको कस्तो खालको व्यवस्था छ तपाईको कलेजमा ?

हजुर यो ४० कोटामा १० प्रतिशतलाई छात्रावृत्तिको व्यवस्था छ । यो विश्वविद्यालयको नियमानुसार छुट्याएको छात्रावृत्ति हो । १० प्रतिशत भनेपछि ४० मा ४ जना विद्यार्थीहरुले पाउनु हुनेछ । ४ जनामा पनि दुई दुई जना गरि विभाजन गरिएको छ ।

इन्ट्रान्स परीक्ष टप गर्ने दुई जनाले जेहेन्दार पाउनेछन् भने अर्को दुई जना आरक्षण कोटा दलित, दुर्गम, आदिवासी, जनजाति, मधेशीबाट छनोट गरिने छ ।

यो बिएन नर्सिङ पढ्ने व्यक्ति अलि म्याच्योर हुन्छ भन्छन्, खासमा के हो ?

हजुर तपाईले भन्नु भएको एकदमै ठिक हो । हामीले अघि पनि भनिसकेका बिएससी नर्सिङ र बिएनको बारेमा फरक । बिएससी नर्सिङमा डाइरेक्ट प्लस टु सकेपछि आउने छात्राहरु भएकाले फ्रेस हुने गर्छन् भने बिएन अथवा पिबिएनका छात्राहरु पिसिएल नर्सिङ सकेपछि एक वर्षको कार्य अनुभव पछाडि मात्र आउने भएकाले प्राय म्यारिडहरु, बच्चा भएकाहरु आउने गर्छन्।

पहिला बिएन पढ्नका लागि पिसिएल पछाडि ३ वर्षको अनुभाव चाहिन्थ्यो पछि आएर २ वर्ष भयो र अहिले आएर एक वर्षको कार्य अनुभव चाहिन्छ । त्यस कारणले पनि तुलनात्मक रुपमा पिसिएल नर्सिङ भनदा पिबिबिएनका विद्यार्थीहरु म्याचोर हुने गर्दछन् ।

अर्को कुरा हस्पिटलमा काम गर्दै पढ्न छात्राहरु हुन्छन् । यिनीहरु अलिकति एजुकेसनलाई प्राथमिकता दिएर मैले आफ्नो प्रोफेसनल क्वालिटीलाई बढाउनु पर्छ भन्ने सोच लिएर आएकाहरु चहीं बिएनमा आएका हुन्छन् ।

बिएनमा म्याचुअड विद्यार्थीहरु बढी अध्ययनका लागि आउने गर्छन्, ती विद्यार्थीले विभिन्न जिम्मेवारी सँगसँगै पढाइलाई निरन्तरता दिदा के कस्ता समस्या देख्नु भएकोे छ ?

मैले यस्तो एउटा सौभाग्य पाएकी छु, जुन कुरा मैले लाइफमा अनुभव गरे त्यही कुरा आफ्नो विद्यार्थीहरुसँग सेयर गर्ने एउटा मौका पाएकी छु ।

सैद्धान्तिक ज्ञान मात्र नभएर मैले भोगेको कुरा उनीहरुलाई सियर गर्दा अझ सकारात्मक रुपमा आत्मा विश्वास बढ्ने तथा उच्च मनोबलका साथ पढ्ने गर्छन् ।

मेरो अनुभव भननु पर्दा पिसिएल नर्सिङ र बिएन पढ्दा मेरो त्यस्तो घर व्यवहार थिएन । बिएन पढ्दा पढ्दै मेरो बिहे भयो । तर मास्टर्स गर्दाखेरि म इम्प्लोईड थिए त्यसै गरी म होस्टेल वार्डेन पनि चलाउथे र क्लस पनि लिन्थे जसले गर्दा मास्टर्स गर्दाखेरि धेरै गाह्रो भएको थियो ।

जसरी मेले मास्टर्स लेभल पढ्दा चुनौतीपूर्ण थियो त्यसरी नै अहिलेको बिएनका विद्यार्थीको लागि पनि फस्ट इयर अहिले चुनौतीपूर्ण छ । किनकी अहिले पाठ्यक्रम परिवर्तन भएको छ ।

पहिले दुई वर्ष रहेको पाठ्यक्रम अहिले परिवर्तन भएर ३ वर्षको भएको छ । विषय पनि थप भएको जसले गर्दा अहिलेका विद्यार्थीहरुका लागि थप चुनौती बढेको छ तर मेहनत गर्यो भने नहुने भन्ने केही छैन ।

जो अब उमेर बढी भयो पढ्ने की नपड्ने भनेर दोधारमा रहेका बिद्यार्थीलाई के भन्नुहुन्छ ?

जुन नव आगन्तुक विद्यार्थीहरु हुनुहुन्छ जो उमेर बढी भयो भनेर फाराम भर्ने की नभर्ने भन्ने दोधार भइरहनु भएको छ भने उहाँहरुलाई कत्ति पनि विचलित नहुन म आग्रह गर्न चाहन्छु । किन त भन्दाखेरि जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै तपाई आफ्नो अध्ययनलाई अगाडि बढाउने सोचमा हुनु हुन्छ भने उमेरले केही फरक पर्दैन ।

यो नर्सिङ पेशा अहिले फुल्ली प्रोफेसनल भईसकेको छ । यो एजुकेसनले गर्दा नै हो । तपाईहरु सक्नु हुन्छ । त्यसको उदाहरण म आफै पनि छु । त्यसको मतलव मैले आफूलाई हाइलाइट गर्न खोजेको भने पक्कै हैन ।

हो, हाम्रो व्यवहारिक पक्षहरु पनि छन् । हामीले घर परिवारलाई पनि समन्वय गरेर लानु पर्छ काम पनि गर्नु पर्छ र सँगै अध्ययनलाई पनि लानु पर्दा चुनौतीपूर्ण छ तर समयलाई मिलाएको खण्डमा र इच्छा भएको खण्डमा यो एकदम सहज पनि छ।

अहिले बिएनको फाराम वितरण भइरहेको छ , यो कहाँ कहाँबाट प्राप्त गर्न सक्छन् विद्यार्थीहरुले ?

म थोरै जानकारी गराउन चाहन्छु । पहिले हाम्रो कलेज बागडोल ललितपूर थियो भने भूकम्पका कारण सरेर हामी अहिले हत्तिवन पुगेका छौ जुन लिटल एनजल्स् स्कुलको नजिकै रहेको छ । फाराम लिन चहाने विद्यार्थीहरुले अल्का अस्पताल प्रा. लि जाउलाखेल र एम्स् कलेज हात्तिवनबाट लिन सक्नु हुनेछ । तपाईहरुलाई जहाँ पायक पर्छ त्यहीबाट फाराम लिन सक्नु हुनेछ ।

परीक्षा कहिलेबाट सुरु हुन्छ ?

विश्व विद्यालयले तोकेको परीक्षा मिति असोज २ गते शनिबार एक बजे देखि तीन बजे सम्म रहेको छ ।

बीएनको कोर्सको विषय के के हुन्छ ?

हाम्रो नर्सहरु ५० प्रतिशत जतिले विदेशमा काम गरीरहनु भएको छ । धेरैले नबुझेर नर्सको काम खाली औषधी खुवाउने, ईन्जेक्सन लगाउने मात्रै हो किन यति लामो कोर्स राखेको भनेर लाग्न सक्छ तर त्यो हैन ।

विदेशमा काम गर्न जानेले र यही पनि अझ नपुग केही रहेका कारण उहा गएर फेरी समस्या हुन थाल्यो । त्यसैले वेसिक साईन्सका कोर्सहरु खास गरी विदेश जानेका लागि थपिएको छ । तर अहिले क्रेडिड आवर भनेर १० वटा विषयहरु सैदान्तिक तथा व्यवहारिक क्लासहरु जुन राखिएको छ त्यो प्रथम वर्षमा हुन्छ ।

बेसिक साईन्स र चाईल्ड हेल्थ पनि यसमा समावेश छ ।  दोस्रो वर्षमा टिचिङ प्राक्टिकल र मिड वाईफ्री जस्ता विषयहरु राखिएको हुन्छ । जसले गर्दा विद्यार्थीहरुले टिचर भएर पढाउन पनि सक्छन् अनि हस्पिटलहरुमा व्यवस्थापक भएर काम पनि गर्न सक्छन् ।

त्यसै गरी तेस्रो वर्षमा गएर गएर विविविएन गरेका विद्यार्थीह हस्पिटलमा म्यानेजर भएर पनि काम गर्न स
बेसिक सा त्यसले विदेश जानेलाई अझ बढी फाईदा पुर्याउछ । यसमा मानसिक श्वास्थ्य देखि प्रिग्नेन्सी जस्ता विषयहरु पर्दछन् ।

अझ तेस्रो वर्षमा एउटा म्यानेजरले के कस्तो कामहरु गर्न सक्छ ? लिडरसिप एण्ड म्यानेजमेन्ट र रिसर्च तथा प्राक्टिकलहरु गराउछौं यो चाही हाम्रो नर्सिङ पेसालाई व्ययवशायीकरण गर्ने एउटा कडी पनि हो ।

यो तीन वर्ष पछि उनीहरु मिडिल लेभलको म्यानेजर हुन पनि सके । साथै, विभिन्न चार विषयमा एडभान्स लेभल गर्न सक्छन् । जस्तो मेन्टल हेल्थ, मेडिकल सर्जिकल, मिड वाईफ्री, कम्युनिटी वा साईक्रयाटीकमा गएर स्पेसलाईजेसन गर्न सक्छन् ।

बिएन अध्ययनका लागि मुख्य क्राईटेरीया के हो ?

बीएनमा पिसिएल पास भएको हुन्छ । उत्तीर्ण भए पछि एक वर्षको कार्य अनुभव भए पछि तीन वर्षको कोर्सका लागि योग्य हुन्छ । फर्म भन्दा नागरिकता सहित सबै डकुमेन्टहरु आवस्यक हुन्छ । एक वर्ष अनुभवको प्रमाणित पत्र हुनु पनि आवस्यक छ ।

भवन र लोकेसन कस्तो छ अहिले अनि विद्यार्थीहरुको चाप के छ ?

यो भूकम्प पछि हामी हात्तीवनमा सरेका छौं । लिटिल एन्जेल्स स्कुलको अगाडी छौं । भूकम्प प्रतिरोधी भवन वनिरहेको छ । अहिले विद्यार्थीलाई पढ्न सबै किसिमका ल्याव र सुविधाहरुको व्यवस्था गरेका छौं ।

विद्यार्थीका लागि कुनै पनि कठिनाई छैन पढाईका लागि । पिसिएलमा जस्तो चाप विएनमा हुदैन । गत वर्ष हामीले ४० कोटाका लागि ७० वटा फर्म बेचेका थियौं ।

यो वर्ष अहिले पनि फर्महरु गईरहेका छन् । यो बिएन कार्यक्रम हामीले पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृति लिएर २०६७ सालबाट शुरु गरेका हौं । हामीले ८० जना विद्यार्थीहरु पासआउट गरीसकेका छौं । र अर्को सुविधा भनेको छात्रावासको पनि छ।

विदेशमा गएर काम गर्नका लागि बिएन गरेका नर्सहरुले सहजै सक्छन् ?

सम्बन्धित देशको कानुनहरु फरक फरक पनि होला । तर विगतका दुई वर्षे कोर्समा जुन क्लासहरु लिनु पथ्र्यो । त्यो भन्दा अहिले तीन वर्षे कोर्स गरेकाहरुले मिनिमम मात्रै गर्नु पर्छ ।

यहा पास भएर गएका विद्यार्थीहरुले फर्म पठाउछन् त्यो हेर्दा उता झन एकदमै सजिलो पनि देखेका छौं हामीले ।

विद्यार्थीहरुले बिएन कार्यक्रमका लागि एम्सलाई नै किन रोज्ने त ?

हाम्रो एम्स कलेज पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । कतिपयले पूर्वाञ्चल विश्व विद्यालयको क्यालेन्डर राम्रो छैन , डामाडोल छ यसमा पढ्न हुन्न भनेर भनिरहेका हुन्छन् । तर तपाई हामीले के कुरा बुझाउनु र बुझ्नु आवस्यक छ भने त्यो पुरानो कन्सेप्ट हो । विगत एक वर्षको क्यालेन्डर हेर्न अनुरोध गर्दछु ।

यो विश्व विद्यालय पहिलेको भन्दा परिवर्तन भईसकेको छ । यसबाट सम्बन्धन लिएको हेल्थ साईन्सको कलेज मध्य टप फाईभ भित्र अल्का कलेज पर्दछ । हामी क्वालीटीको लागि ध्यान दिन्छौं ।

हामी विद्यार्थीहरुलाई के भन्छौं भन्दा खेरी उनीहरु भन्छन् प्राक्टिकल माक्र्स कम भयो भनेर गुनासो गर्छन् । तर हामी भन्छौ तिमीहरुले जुन कुरा लर्न गरेका छौ त्यो ब्यवहारमा देखाउछौं ।

तिमीहरुको अटिच्युड विहेवियरमा चेन्ज भयो भने तिमीहरुको फस्र्ट ईन्टरभ्युमै ईम्लोयरले तिमीहरुलाई सेलेक्ट गर्छ । त्यसैले माक्र्स वरियन्टेड हैन क्वालीटीलाई ध्यान दिनु पर्छ ।

साथै अरु रिक्वायरमेन्टहरु पनि राम्रो छ । गार्जियनहरु, स्टुडेन्टहरु सबै भूकम्प प्रति चिन्तित भएको हुनाले पनि अहिले भूकम्प प्रतिरोधात्मक भवन बनाएर काम गरीरहेका छौं ।

त्यसै गरी आईएसओ प्राप्त अल्का अस्पतालमा आफैले प्राक्टिकल गर्न सक्छौं सबै हिशाबले एम्स निकै राम्रो अवस्थामा छ । टप टेन विद्यार्थीलाई कलेज या हस्पिटलमा रोजगारी पनि दिईरहेका छौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी