काठमाडौ १९ भदौ ।
युरोपियन च्याम्पियनसिप छनौट अन्तरगत गएराति भएको खेलमा पोल्याण्डलाई ३–१ ले पराजित गर्दै जर्मनी समुहको शिर्ष स्थानमा उक्लिएको छ ।
जर्मनीका लागि थोमस मुलरले खेलको १२ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा मारियो गोटेजले थप गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ३६ औं मिनेटमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । ८२ औं मिनेटमा गोटेजले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–१ को जित दिलाएका हुन् ।
जितसँगै समुह डीको शीर्ष स्थानमा उक्लिएको जर्मनीको सात खेलबाट १६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको पोल्याण्डको समान सात खेलबाट १४ अंक छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline