दशैं खर्चको जोहो गर्न राउटे अछाम सदरमुकाम मंगलसेनमा

दशैं खर्चको जोहो गर्न राउटे अछाम सदरमुकाम मंगलसेनमा

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

१८ भदौ, अछाम  ।

जंगलको राजा भनेर चिनीने राउटे समुदायका अगुवाहरु दशैं खर्चको जोहो गर्न अछाम सदरमुकाम मंगलसेन पुगेका छन् । अछाम र दैलेखको सिमानामा पर्ने कर्णाली नदिको किनारा राकममा बसोबास गरिरहेका राउटे समुदायका अगुवा दशैँ खर्चको जोहो गर्न मंगलसैन पुगेका हुन् । सदरमुकामका बिभिन्न सरकारी कार्यालयमा गएर उनीहरु विगतका बर्षदेखि नगद रकम संकलन गर्दै आएका छन् ।

राउटे मुखीया जय बहादुर शाहीको नेतृत्वमा रहेको ४ जना राउटेहरुको टोली अछाम सदरमुकाम मंगलसेनमा दशैं मनाउन आर्थिक संकलनका लागि आएका हुन । आफुहरुको २ सय ४० जनाको परिवार अहिले पूर्वी अछामको कर्णाली नदि किनार राखममा बसिरहेको बताउने राउटे मुखीया जयबहादुरले यत्रो संख्यामा रहेका राउटेलाई दशैं मनाउन समस्या हुने भएकाले ठुला बडाहरुकहा पैसा संकलनमा आएको बताएका छन ।

आफुहरुले जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिती, मंगलसेन नगरपालिका, जिल्ला वन कार्यालय लगायतका सरकारी कार्यालय तथा अन्य संघ संस्थामा पनि आर्थिक सहयोग मागेको राउटेले बताएका छन । आफुलाई जंगलको राजा भन्ने र घुमन्ते जाती अन्र्तगत पर्ने राउटे समुदाय पछिल्लो समय बिभिन्न ठांउमा आर्थिक संकलन गरी परिवार पाल्ने गरेका छन ।
आफुले निर्माण गरेका काठका सामग्रिहरु पैसामा साटेर तथा ठुलाबडाहरुलाई उपहार दिएर आर्थिक संकलन गरी दशैं मनाउने कार्य गरिरहेको समेत राउटेहरु बताउछन । “दशैं आउन लाग्यो त्यहि भएर खर्च माग्न आएका हुं” राउटे अगुवा राजबहादुर शाहीले भने “सबै जिल्ला कार्यालय जाने हो ।” चारको समुहमा सदरमुकाम आएका राउटेले दुई तीन दिन यतै बसेर दशैं खर्च जुटाउने बताए । “दशैंमा बोका काटेर परिवारलाई खुवाउनलाई पैंशा उठाउन आएको हो” अर्का राउटे बलाल शाहीले भने । “जिल्ला कार्यालयबाट पैंसा लगेर दशैंमा बोका काटेर सबै परिवारले खाने हो ।”

काठबाट बिभिन्न भांडा तयार गरी त्यसको बिक्रीबाट जीवनयापन गर्दै आएका फिरन्ते समुदाय राउटे जंगलको बढ्दो बिनाससंगै आफूहरुको जीवनयापनमा समस्या उत्पन्न भएको बताउंदै आएको छ । एकताका पैँसा छोयो भने पाप लाग्छ भन्ने मान्यता बोकेको राउटे समुदाय समय परिस्थितीको परिवर्तनसंगै जीवनयापनका लागि नगद पैंसा समेत समात्न थालेको छ ।
विगत चार पांच बर्ष देखि राउटे बर्षको एक पटक दशैंको मुखैमा सदरमुकाम मंगलसेनमा आएर बिभिन्न कार्यालयबाट नगद रकम उठाएर फर्किने सामाजिक सुरक्षा भत्ता वाफत उनीहरुलाई प्रत्येक बर्ष रकम दिंदै आएको छ । जिविसले रकम दिएपछि सबै कार्यालयबाट रकम पाईन्छ भनेर प्रत्येक कार्यालयमा धाउने गरेका छन् ।

परीवर्तित समय संग संगै राउटे पनि पहिलेको भन्दा केही फरक रहन सहन र खानपिनमा देखा पर्न थालेको छ । राउटेका अगुवा परिवर्तित सामाजिक परिवेशसँगै कुलतमा फस्न थालेका छन् । सुर्ति चुरोट जस्ता धुम्रपान पहिले देखिनै सेवन गर्दै आएका देखिने राउटेहरु पछिल्लो समयमा भने मध्यपान समेत सेवन गर्न थालेका छन् । अछाममा पछिल्लो चार बर्ष देखि दिरा विक्रिवितरण खुल्ला भएसँगै गाउंगाउंमा छ्यापछ्यापती न्यून गुणस्तर को मदिरा पाउन थालेपछि उनीहरु बिहानै देखि मदिरा सेवन गर्न थालेका हुन् । पछिल्लो समय बिहानै देखि मदिरा सेवन गरेर प्रत्येक कार्यालय धाउने गरेका भेटिन्छन् ।

बिहीबार पनि एका बिहानै सदरमुकाम मंगलसेनका पसल पसलमा मदिरा खोज्दै हिंडेका भेटिने राउटेले स्थानीय एक मानिसलाई मदिरा किन्न लगाएर त्यहि मदीरा पिएर नसामा लट्ठ परेका देखिन्थ्ये । “बिहानै दारु पियो भने शरीर को जाडो भाग्छ र हिंडडुल गर्न पनि सजिलो हुन्छ” राजबहादुरले भने “दारु नपिएर त हिंडडुल गर्नै सकिदैन ।” प्रत्येक बिहान बिहान दारु नखाएर बस्न नसकिने उनले सुनाए । एका समयमा पैँसा छोयो भने पाप लाग्छ भन्ने राउटे समुदाय पछिल्लो समयमा भने कसैले फोटो खिचायो र केहि कुरा सोध्यो भने पनि पैंसा माग्ने गर्दछन् । पहिले पहिले काठबाट बनेको भँडाकुंडा पनि अन्नमा साट्ने राउटे अहिले त्यो पनि पैँसामा बिक्रि गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी