अछाममा भाईरल ज्वरोको प्रकोप

अछाममा भाईरल ज्वरोको प्रकोप

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

अछाम,१८ भदौ । 

अछाम जिल्लामा पछिल्ला दिनहरुमा भाईरल ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका अधिकाँश स्वास्थ्य संस्थामा ज्वरोका बिरामीहरु बढि मात्रामा आईरहेकोले भाईरल ज्वरोको प्रकोप देखिएको हो ।

जिल्लामा ज्वरोको प्रकोप एकदमै धेरै रहेको जिल्ला अस्पताल अछामका प्रमुख डा. शरदचन्द्र बरालले बताए । जिल्ला अस्पतालमा पनि दिनमा ओपिडि मा आँउने ८० जना बिरामी मध्यमा पनि २५ देखी ३० जना भाईरल ज्वरोका बिरामी रहको बरालको भनाई रहेको छ ।

ति मध्य टाईफाईड फिवर पनि ५ देखी ७ जनामा पुष्टि भईरहेको बरालकबो भनाई रहेको छ । टाईफाईडका बिरामी पनि बढिरहेकाले प्रकोप फैलिने सम्भावना पनि रहेकाले जिल्लाभरीका सबै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

बिशेषगरी भाईरल ज्वरोको १०३ डिग्रि भन्दा बढी ज्वरो आँउने भएकाले मानिसहरु आत्तिने गरेको बताँउदै डा. बरालले यस्तो समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा आँउन आग्रह गर्नुभएको छ ।

यस्तो अवस्थामा बिरामीले बढिभन्दा बढी उमालेको पानी पिउने र अन्य भाmेलिलो खानेकुराहरु खानुपर्ने स्वास्थ्यकर्मीहरुले बताएकाछन । भाईरल ज्वरो तिन चार दिनमा आफै पनि ठिक हुने भएकाले कसैलाई पनि नआँत्तिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

आफुहरुसंग पर्याप्त औषधी र स्वास्थ्यकर्मीको ब्यावस्था भएपनि बिरामी स्वंले आफ्नो बिचार आफै गर्नुपर्ने र सरसफाई पनि बिशेष ध्याँन दिनुपर्ने जिल्ला अस्पताल अछामका प्रमुख डा. बरालले बताए ।

यस्तै मंगलसेन नगरपालिका वडानम्वर १ कुन्तिवण्डालीमा एक हप्ता देखी भाईरल ज्वरोको प्रकोप बढेको छ । गाँउमा भाईरल फिवर समस्याकै रुपमा देखापरेको स्वास्थ्यचौकी कुन्तिवण्डालीका ईञ्चार्ज रामलोचन मण्डलले बताए ।

उनका अनुसार गाँउमा कुनै परिवारमा सबै सदस्यहरु बिरामी परेका छन भने कुनै परिवारमा एक दुई जनाका दरले बिरामी परेका छन । स्वास्थ्यचौकीमा दैनिक २० देखी ३० जना भाईरल फिवर र स्वास प्रश्वास सम्वन्धिका बिरामी आईरहेको मण्डलले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी