काठमाडौ १८ भदौ ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । दक्षिण एसियामा पनि पुच्छारमा रहेको नेपाल १८५ औं स्थानमा रहेको छ ।
वरियता क्रममा १३० औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाबाट शिर्ष स्थानमा छ । यस्तै भारत १५५ औं स्थानमा छ भने भुटान १६४ औं स्थानमा छ । यसैगरी पाकिस्तान १७० औं, माल्दिभ्स १७७ औं तथा श्रीलंका १८४ औं स्थानमा छ ।
नेपालले गत सोमबार भारतविरुद्ध गोलरहित बराबरीमा खेलेको अन्तर्राष्ट्रिय मैत्री खेलको गणना भने आगामी महिना प्रकाशित हुने वरियतामा समावेश गरिनेछ ।
वरियतामा अर्जेन्टिनाको शिर्ष स्थान कायमै छ । वेल्जियम विश्व विजेता जर्मनीलाई पछि पार्दै दोस्रो स्थानमा छ । यस्तै कम्बोडिया र ब्राजिल क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।
अफ्रिकी मुलुक मध्ये अल्जेरिया सबैभन्दा माथि छ उसले फिफा वरियतामा १९ औं स्थान बनाएको छ । एसियामा सबैभन्दा माथि रहेको इरान फिफा वरियता क्रममा ४० औं स्थानमा रहेको छ ।