भदौ ,१७ काठमाण्डौं ।
मलेशियामा जारी अण्डर १९ एसीसी प्रमियर लिग अन्तर्गत अन्तिम खेलमा नेपालले आज साउदी अरेबिया विरुद्ध ९ विकेटको रोमाञ्चक जीत हात पारेको छ ।
टस जीतेर व्याटीङ गरेको साउदीलाई नेपालले घातक बलिङ गर्दै ३३.२ ओभरमा ५५ रनमा अलआउट गरेको हो । साउदीले बलिङ पनि कसिलो गर्न सकेन र नेपालले कुल ५० मध्ये ९ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालका लागि सुनिल धमलालले अवीजीत ३४ रनको योगदान दिए । उनले २ छक्का र तीन चौका प्रहार गरे । राजु रिजालले अवीजीत १४ रन बनाए । ओपनर संकर रानाले ४ रन बनाएर आउट भए ।
साउदीका लागि फैसल खानले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि दरिलो बलिङ गरेर सुसील कडेलले ४ विकेट लिए । कप्तान सुनील धमलाले २ तथा प्रेम तामाङले २ विकेट लिए । २ चौका र एक छक्का प्रहार गरेका फैसल खानलाई सुनिलले आउट गरे पछि साउदी संकटमा परेको हो ।