भदौ ,१७ काठमाण्डौं ।
मलेशियामा जारी अण्डर १९ एसीसी प्रमियर लिग अन्तर्गत अन्तिम खेलमा साउदी अरेबियाले नेपालसामु ५६ रनको लक्ष प्रस्तुत गरेको छ ।
टस जीतेरपहिला व्याटीङ गरेको साउदी अरेबियाले ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र ५५ रन बनाउन सक्यो । अहिले नेपाल जवाफि व्याटिङमा उत्रिएको छ ।
नेपालका लागि दरिलो बलिङ गरेर कप्तान सुनील धमलाले २ तथा सु्सील कडेलले २÷२ विकेट लिएका छन् । साउदीका एक व्याटस्म्यान रन आउट भएका थिए ।
२ चौका र एक छक्का प्रहार गरेका फैसल खानलाई सुनिलले आउट गरे पछि साउदी संकटमा परेको हो ।
आजको खेलमा नेपालले फराकीलो अन्तरले जीत हात पार्न सके र मलेशियाले अफ्गानिस्तानलाई हराउन सके उपाधी जीत्न सक्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline