नेपाल ओलम्पिक कमिटी एनओसीको चुनाव आज

नेपाल ओलम्पिक कमिटी एनओसीको चुनाव आज

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, १७ भदौ ।

अन्तरष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी एनओसीको चुनाव आज हुँदैछ ।

आज हुन लागेकोे चुनावको अध्यक्ष पदका लागि उपाध्यक्ष उमेशलाल श्रेष्ठ र महासचिव जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

एनओसीका अनुसार चार जना उपाध्यक्ष र एक जना कोषाध्यक्ष निर्विरोध निर्वाचित हुने छन ।

उपाध्यक्षमा ज्योती राणा, पुरेन्द्रविक्रम लाखे, धिरेन्द्र प्रधान र राजेन्द्र वान्तवाको उम्मेदवारी परेको छ । यस्तै कोषाध्यक्षमा रतन टन्डनको नाममा सर्वसम्मत भएको छ ।

एक महासचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । लामा टेन्डी शेर्पा, छिमि उर्गेन गुरुङ र दिपराज गुरुङ महासचिवमा भिड्ने छन् ।

यस्तै नौ सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । सञ्जिव तुलाधार, रमेशकुमार श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, तेजबहादुर गुरुङ, दिपकहर्ष बज्राचार्य, सुनिललकुमार श्रेष्ठ, बिनोद प्रजापती, अशोक रत्न बज्राचार्य, सलिम मिया अन्सारी, आङ टेन्डी शेर्पा र दानबहादुर तामाङ सदस्यका लागि भिड्ने छन् ।

यस अघि गएको साउन महिनामा चुनाव गर्ने भनिएपनि प्रक्रिया नपुगेको भन्दै स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी