स्थायी शिक्षकको लिखित परीक्षाको परीक्षाफल प्रकाशित(हेर्नुस को भए उत्रिर्ण)

स्थायी शिक्षकको लिखित परीक्षाको परीक्षाफल प्रकाशित(हेर्नुस को भए उत्रिर्ण)

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाण्डौ, १६ भदौ ।

गत असारमा शिक्षक सेवा आयोगले लिएको स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको परीक्षाफल प्रकाशित भएको छ ।
नेपाली र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो ।

यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरेको आयोगले जनाएको छ ।
गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको हो ।

माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले बताउनु भयो ।

माध्यमिकको परीक्षामा सहभागि हुन ४४ हजार ३ सय १९ जनाले आवेदन भरेका थिए । यी मध्ये ३६ हजार ८ सय ९३ जना मात्रै परीक्षामा सहभागि भएका थिए । यस्तै निमाविमा आवेदन भरेका ३१ हजार ३ सय ६५ मध्ये २४ हजार ९ सय ९९ मात्रै परीक्षामा सहभागि भएका थिए ।

स्थायी शिक्षकको परीक्षाका लागि आवेदन भरे पनि २६ हजार भन्दा धेरैले परीक्षा नदिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

को को भर्ए त उत्रिर्ण यहा क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी