काठमाण्डौ ।
महिलाहरुको महान पर्व हरितालीका तीजलाई लक्षीत गरि अहिले बजारमा थुप्रै तीज गीत आएका छन् । यसै भिडमा चर्चित मोडल बब्बु थापा र पुर्णिमा श्रेष्ठको अभिनय रहेको तीज गीत एक नम्बर बजारमा आएको छ । चर्चित लोक गायक तथा सर्जक केशव घिमिरको सो गीतमा स्वर पनि घिमिरे र गायीका देवी घर्तीले दिएका छन् ।
चन्दन म्युजिक प्रा.लि बाट बजारमा आएको सो गीतमा लय शब्द घिमिरेको नै रहेको छ ।
घिमिरेको किन्दिउला म चुरा,म पनि के छु र कमि,मुकुन्देको बाउ,चटट सारी मिलाएर ..नारी त लक्ष्मी हुन,आमाले पकाको खाम्ला मिठो दर लगाएत धेरै तीज गीतहरु यसअघि नै आईसेका छन् ।
साथै उनले लोक तथा दोहोरी गीत जेलमा थुनेनी,देख्नन मन लाइरहन्छ,म रुदै छु ढुङ्गेठाटिमा,रुन्छु बर्है माहिना,धर्ती फटला,आधिखोला तरेर लगायत बजारमा आएका छन् ।
यस्त्ै तारापती सुवेदी जीवन दाहाल,र कमला ल्वागुनको स्वरमा गुनियो चोली भन्ने गीत पनि आएको छ । यसमा रमेश ढकाल र पुर्णिामा श्रेष्ठ को अभिनय देख्नन सकिन्छ ।तीज मा छ्म छ्म नाच्न मिल्ने गीत र भिडियो पनि घिमिरेले बताए ।
भिडियो हेर्नुहोस्:
