लहान, १५ भदौ ।
लामो समयदेखिको आमहडतालका कारण सिरहाका यातायात र रिक्सा मजदुरलाई हातमुख जोड्न समस्या भएको छ ।
संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारीसभालगायतले आह्वान गरेको आमहडतालका कारण विगत १६ दिनदेखि यातायातका साधन ठप्प हुँदा रिक्सा चलाएर गुजारा चलाउँदै आएका मजदुरलाई हातमुख जोड्न समस्या भएको हो ।
सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानलगायतका स्थानमा दिनभरि रिक्सा चलाएर परिवार पाल्दै आएका रिक्सा मजदुरलाई यातायात नचलेपछि गुजारा चलाउन धौ–धौ भएका छन् ।
यातायात चल्दा परिवार चलाउन सहज थियो, लामो आमहडतालले रिक्सामा यात्रु नपाइएपछि गुजारा चलाउन समस्या भएको लहान नगरपालिका–८ का बिरजु सदाले बताउनुभयो ।
आफूले रिक्सा चलाएर पा“च जनाको परिवार पाल्दै आएको तर आमहडतालले रिक्सामा यात्रु नभेटिँदा पेसा नै सङ्कटमा परेको उहाँको गुनासो छ ।
लामो आमहडतालले रिक्सा चलाउने पेसा ठप्प हुँदा दुई दिनदेखि परिवारका सदस्य भोकभोकै बसेको उहा“ले दुखेसो सुनाउभयो ।
स्थानीय स“हुसँग ऋण लिएर रिक्सा खरिद गरेका लहान–८ कै सुनिल सदालाई पनि रिक्सा नचल्दा ठूलो समस्या परेको छ ।
ऋण लिएर रिक्सा खरिद गरेको थिए ‘रिक्सा चलाएरै परिवार पाल्नुको साथै साहुको ऋण पनि तिर्दै आएको थिए, तर आमहडतालका कारण रिक्सा नचलेपछि नत साहुको ऋण तिर्न सकेको छु, नत परिवार नै राम्ररी चलाउन सकिरहेको सदाले भन्नुभयो ।
बजार, पसल खुल्दा मालसमान ढुवानी हु“दा दिनको ५०० सम्म कमाइ हुन्थ्यो, तर आमहडताले बन्द हुँदा रिक्सा थन्किदा गुजारा चलाउन धौधौ भएको सदाले बताउनुभयो ।
लहानमा करिब २०० को हाराहारीमा रिक्सा मजदुर रहेका छन् ।