काठमाडौ १५ भदौ ।
मलेसियामा जारी एसिसी अन्डर १९ क्रिकेटमा नेपालले कुवेत सामु २ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालम्पूरमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५० रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९ चौका र २ छक्काको मदतमा सार्वधिक ८५ रन जोड्यो भने सौरभ खनालले ५ चौका र १ छक्काको मदतमा ७३ रन जोड्यो ।
नेपालले आजको खेल जितेमा शीर्ष ३ मा रहँदै अन्डर १९ एसिया कपमा सहभागिता जनाउने संभावना बलियो हुनेछ ।
यसअघि हिजो भएको खेलमा नेपालले आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै शानदार जित हात पारेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline