काठमाडौ १५ भदौ ।
मलेसियामा जारी एसिसी अन्डर १९ क्रिकेटमा अहिले नेपाल र कुवेतबीचको खेल भइरहेको छ । क्वालालम्पूरमा जारी खेलमा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।
नेपालका तर्फबाट सुनिल धमला र शंकर राणा ब्याटिङका लागि मैदान उत्रिएको छ । यो खबर तयार पार्दासम्म नेपालले ४ ओभरमा १ विकेट गुमाएर २१ रन बनाएको छ ।
यसअघि खेलेका ३ खेल मध्ये २ मा जित र १ हार बेहोरेको नेपाल ४ अंकका साथ दोस्रोे स्थानमा रहेको छ ।
नेपालले आजको खेल जितेमा शीर्ष ३ मा रहँदै अन्डर १९ एसिया कपमा सहभागिता जनाउने संभावना बलियो हुनेछ ।
यसअघि हिजो भएको खेलमा नेपालले आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै शानदार जित हात पारेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline