काठाडों, १४ भदौ ।
नेपालका गोल किपर किरण चेमजोङको उत्कृष्ट प्रदर्शनका कारण नेपालले भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेल बराबरी खेलेको छ । साथै नेपाली डिफेन्डरहरुले पनि भारतको पटक पटकको गोल प्रयास विफल तुल्याए ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको तयारीमा रहेको नेपालले भारतसंग पुनेस्थित बालीवाडी रंगशालामा खेलेको थियो । भारतले पहिलो हाफ्देखि नै निरन्तर गरेको आक्रमणलाई किरणले बचाएका थिए ।
नेपालले अण्डर १९ टिमका स्ट्राईकर बिमल घर्ती र अञ्जन विष्टलाई स्ट्राईकरको रुपमा खेलाएको थियो । अन्जनले केही प्रयास गरे पनि सफल हुन सकेनन् । अञ्जनलाई सुसील केसीले रिप्लेस गरेका थिए ।
त्यस पछि बिमल घर्तीको ठाउमा गएका सदाबहार स्ट्राईकल जुमानु राईले ८६ औं मिनेटमा राम्रो गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।
खेल अवधिभर नेपालमाथि भारतले दवाव राखेको थियो ।
नेपाल पछिल्ला आठ अन्तर्रा्ष्टि्रय प्रतियोगितामा गोल गर्न असफल रहादै आएको छ । दुई बर्ष अघि काठमाडौंमा भएको आठौ साफमा समुह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो ।