अन्डर १९ च्याम्पियनसीपका तीन प्लेयरलाईं प्लेईङ्ग सेटमा उतार्दै नेपाल

अन्डर १९ च्याम्पियनसीपका तीन प्लेयरलाईं प्लेईङ्ग सेटमा उतार्दै नेपाल

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठाडों, १४ भदौ ।

भारतबिरुद्धको मैत्रिपुर्ण फुटबल खेलमा नेपालले साफ अन्डर १९ च्याम्पियनसीपको उपाधि जितेका तीन प्लेयरलाईं प्लेईङ्ग सेटमा उतार्ने भएको छ ।

दुई दिन अघि राजधानीमा भारतलाई पराजित गर्दै उपाधि जितेपछि मुख्य खेलाडि रहेका कप्तान विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङ्गलाई प्रशिक्षक ध्रुव केसीले मौका दिएका हुन् ।

जुमानु राई र अनिल गुरुङ्ग अनुभवी खेलाडीलाई बेन्चमा राख्दै केसीले बिमल र अन्जनलाई मौका दिएका छन ।

यस्तै, चोटग्रस्त डिफेन्डर सन्दिप राईको स्थानमा अनन्त तामाङ आएका हुन । योसँगै भारत बिरुद्धको मैत्रीपूर्ण खेलमा युवा खेलाडिको संख्या बढी भएको छ ।

यस्तै, गोलकिपरमा किरण चेम्जोङ, डिफेन्डरमा सागर थापा, रविन श्रेष्ठ, विराज महर्जन छन् । मिडफिल्डरमा जगजित श्रेष्ठ, विशाल राई बी, भरत खवास र रोहित चन्द्र छन् ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको तयारीमा रहेको नेपालले भारतसंग पुनेस्थित बालीवाडी रंगशालामा साँझ सवा ७ बजे मैत्रिपुर्ण म्याच खेल्दैछ ।
साफ अण्डर १९ च्याम्पियनसीप फुटवलमा गत शनिवार भारतलाई हराउदै उपाधि जितेको नेपालको सिनियर टोलीलाई लय समात्ने मौका समेत छ । नेपाल पछिल्ला आठ अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा गोल गर्न असफल रहँदै आएको छ ।

दुई बर्ष अघि काठमाडौंमा भएको आठौ साफमा समुह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो ।
सकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी