ईटहरी ,१४ भदौ ।
पूर्वको ब्यापारीक केन्द्र इटहरी पछिल्लो समय लागुऔषधको बिशेष ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रमाण फेला परेको छ ।
सुनसरीको इटहरीबाट दुइ साताको अन्तरमा प्रहरीले भारीमात्रामा लागु औषध बरामद गरेपछि इटहरी लागु औषध कारोबार स्थलको मुख्य केन्द्र बनेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले आइतबार भारीमात्रामा लागुपदार्थ सहित कारोबारमा संलग्न मध्ये एकलाई सार्वजनीक गरेको छ ।
इटहरीको दिपेन्द्र चौकबाट लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा इटहरी ५ का ४० बर्षीय रोहीत कार्कीलाई पक्राउ गरी आज सार्वजनीक गरेको हो ।
लागु औषधको कारोबार गर्दा गर्दे रंगेहात कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्राउ परेका कार्कीको साथबाट प्रहरीले लागु औषध बिक्री गरेको २२ हजार ६ सय नगर सहित ६ थान नाइट्रोजन टयाब्लेट , एकसय एमएलको ६७ बोतल कोरेक्स , र स्पास्मो प्रोक्सिवन ६० क्याप्सुअल लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका कार्की बिरुद्ध लागु औषध बेचबिखन ऐन सम्बन्धि कानुनी कार्वाही अघी बढाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओम प्रकाश अधिकारीले बताउनुभयो न्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईंले यातयातका साधन चल्न नपाउदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताउनुभयो । विराटनगरमा ठूला र साना गरेर झन्डै १०० को हाराहारीमा होटल सञ्चालित छन् ।