एसीसी अन्डर १९ प्रिमियर लिगमा नेपाल ८ विकेटले विजयी

एसीसी अन्डर १९ प्रिमियर लिगमा नेपाल ८ विकेटले विजयी

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १४ भदौ । 

एसीसी अन्डर १९ प्रिमियर लिगमा आज भएको खेलमा मलेसियालाई पराजित गर्दै नेपाल ८ विकेटले विजयी भएको छ ।

क्वालालम्पूरको वायोमास ओभल मैदानमा भएको खेलमा मलेसियाले दिएको ७६ रनको लक्ष्य नेपाल १४ दशमलव ४ ओभरमा २ विकेट गुमाउदै भेट्टायो ।

नेपालका लागि आसिस धामीले ३८ र राजविर सिंहले ३३ रन बनाए । यस्तै सुनिल धमला ३ रनमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३८ ओभरमा मात्र ७५ रन बनाएर अल आउट भयो ।

मलेसियाका लागि पवनदिप सिंहले १७, संकर सतिसले १३ र भिमलान पालानिद्धिले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

मलेसियाको इनिङ ध्वस्त पार्ने क्रममा अरिफ सेखले ४, दिपेश श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले समान २–२ तथा सुसिल कँडेलले १ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनले पराजित गरेको थियो भने अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी