काठमाडौ १४ भदौ । एसीसी अन्डर १९ प्रिमियर लिगमा अहिले नेपाल र आयोजक मलेसियाबीचको खेल जारी छ ।
क्वालालम्पूरको वायोमास ओभल मैदानमा जारी खेलमा मलेसियाले नेपाल सामु ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३८ ओभरमा मात्र ७५ रन बनाएर अल आउट भयो । मलेसियाका लागि पवनदिप सिंहले १७, संकर सतिसले १३ र भिमलान पालानिद्धिले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
मलेसियाको इनिङ ध्वास्त पार्ने क्रममा अरिफ सेखले ४, दिपेश श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट तथा सुसिल कँडेलले १ विकेट लिए ।
७६ रनको झिनो लक्ष्य पछ्याउदै नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा स्थितिमा नेपालले ५ दशमलव ५ ओभरमा एक रन गुमाएर ३१ रन जोडेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनले पराजित गरेको थियो भने अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।