के नेपाली भएकै कारणले सुनील क्षेत्रीलाई भारतीय कप्तानबाट हटाईएको हो ?

के नेपाली भएकै कारणले सुनील क्षेत्रीलाई भारतीय कप्तानबाट हटाईएको हो ?

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भदौ १३ एजेन्सी ।
नेपाली मुलका सुनील क्षेत्री भारतीय फुटबलका चतुर र फुर्तिला स्ट्राईकर हुन् । उनले सन् २०१३ मा नेपालमा भएको साफ् च्याम्पियन सिपमा पनि भारतको कप्तानी सम्हालेका थिए र सन् २०११ मा पनि ।  तर उनलाई नेपाल विरुद्ध सोमबार हुने म्याचका लागि कप्तानबाट उपकप्तानमा झारिएको छ । उनी नेपाली मुलकै भएकोले त प्रशिक्षक स्टेफन कन्सेस्टाईनले हटाएका हैनन् भन्ने जिज्ञासा पनि उठेको छ ।
सुनिल क्षेत्रीलाई उपकप्तान बनाएर गोल किपर सुव्रत पाललाई कप्तानको जिम्मेवारी दिईएको छ । यद्यपि सुनिल क्षेत्रीले यसमा कुनै प्रतिकृया नदिई राष्ट्रिय टिमबाट खेल्दा कुनै क्षमा नहुने र सत प्रतिशत खेल्नु पर्ने बताएका छन् ।  सुनिलले उत्कृष्ट प्रदर्शन गर्दै भारतबाट सर्वाधीक अन्तराष्ट्रिय गोल कर्ताको सूचिमा शीर्ष स्थानमा आफूलाई उभ्याएका छन् ।
यता नेपाली टिमका कप्तान सागर थापाले भारत विरुद्धको जीत असंभव नरहेको प्रतिकृया दिएका छन् ।
भोलीको म्याचपूर्व आज भएको पत्रकार सम्मेलनमा कप्तान थापाले यस अघि पनि भारतलाई हराएको उदाहरण रहेको भन्दै नेपाल यसका लागि सक्षम रहेको प्रतिकृया दिएका छन् ।
नेपालले भोली भारत विरुद्ध बेलुकी सवा सात बजे पुनेमा मैत्रीपूर्ण खेल खैल्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी