भदौ १३ , आईतबार
उदयपुरको कटारीबाट प्रहरीले लागु औषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी – ८ का, १९ वर्षिय शेरसिंह भुजेल ,सफल केसी , १८ वर्षिय रविन खड्का , २१ वर्षिय करण लिम्बु , सागर तामाङ्ग ,रुपक बुढाथोकी, कटारी – ७का १८ वर्षिय रोशन राई र रिस्कू – २ , का ५६ वर्षिय लङ्क बहादुर राई रहेका छन् ।
ईलाकाप्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी उनीहरुको साथबाट ८ किलो ४ सय ग्रामलागुऔषधगाजा र गाजा सेवनमाप्रयोग गरिने सामाग्रीहरु सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानतथाकार्वाही अघि बढाईएको कार्यालयकाप्रमुखप्रहरी नायबउपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
कटारीका गाजा सेवनकर्ताहरुलाई पक्राउ गरी अनुसन्धानगर्दा रिस्कूका ५६ वर्षिय लङ्क बहादुर राईबाट खरिद गरी प्रयोग गरेको खुलेपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।
२ किलोदेखि १० किलो गाजाको कारोबार गर्नेलाई १ वर्षदेखि ३ वर्ष कैद र ५ हजार देखि २५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।