यु–१९ प्रिमियर लिग क्रिकेटमा भोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने

यु–१९ प्रिमियर लिग क्रिकेटमा भोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १३ भदौ ।

एसिसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपालले भोली मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपालले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (युएई) लाई १४९ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने मलेसिया चार अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा समान ४ अङ्क नै रहेको अफगानिस्तान भने रनरेटको आधारमा पहिलो स्थानमा छ ।

त्यसैगरी दुई अङ्क जोडेको युएई भने रनरेटका आधारमा चौथो स्थानमा छ भने कुबेत र साउदी अरब भने प्रतियोगितामा अङ्कविहीन छन् । प्रतियोगितामा शीर्ष तीनभित्र पर्ने टोली यु–१९ एसिया कप प्रतियोगिताको लागि छनोट हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी