इङलिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीको विजयी यात्रा जारी

इङलिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीको विजयी यात्रा जारी

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १३ भदौ ।  

इङलिस प्रिमियर लिग अन्तरगत गएराति समपन्न खेलमा वाटफोर्डलाई २-० ले पराजित गर्दै म्यान्चेष्टर सिटीले विजयी यात्रा जारी राखेको छ ।

लिगको पहिलो ४ खेल सकिदा सिटी शतप्रतिशत नतिजा निकाल्दै लिग तालिकाको शिर्ष स्थानमा कायमै छ । सिटीको जितमा लिभरपुलबाट यसै सिजन सिटी गएका स्ट्रलिङ र फर्नाण्डिनोले समान १–१ गोल गरे ।

दुबै गोल खेलको दोस्रो हाफमा भएको थियो । जितसँगै शिर्ष स्थानको सिटीको ४ खेलबाट १२ अंक भएको छ । समान खेलमा ९ अंक जोडेको क्रिष्टल प्यालेस लिगको दोस्रो स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा आर्सनलले न्यूक्यासललाई तथा वेस्टब्रोमले स्टोक सिटीलाई पराजित गरेको छ । यस्तै एस्टन भिल्ला र सस्डरल्याण्ड, बोर्नीमाउथ र लिसेस्टर सिटी तथा टोटेनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी