ताप्लेजुङ, १२ भाद्र ।
लाखेजात्राको अवसरमा ताप्लेजुङको फुङलिङ बजारमा आयोजित अन्र्तराष्ट्रिय कञ्चनजंघा च्यलेन्ज रनिङकपको उपाधि गोर्खा स्पोर्टिङ क्लब झापाले जितेको छ । जितसँगै गोर्खाले १ लाखनगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेको छ ।
आज सम्पन्न फाईनल खेलमा दिपेन्द्र शिखर स्पोर्टिङ क्लब फिकल ईलामलाई टाईब्रेकरमा ५—३ गोल अन्तरले पराजित भएको हो । खेलको निर्धारित समयमा बाराबरी भएएपछि टाईब्रेकरमा धकेलिको थियो । दिपेन्द्र शिखर स्पोर्टिङ क्लबले उपबिजेता भएसँगै ५० हजारमा चित्त बुझाएको छ ।
दिपेन्द्र शिखरले सिक्किमको के.एफ.सी.लाई ४—३ ले सेमीफाईनलमा हराउँदै फाईनलयात्रा तय गरेको थियो भने गोर्खा स्पोर्टिङ क्लबले गतवर्षको विजेता संघर्ष स्पोर्टिङ क्लब, फुङलिङ ताप्लेजुङलाई ३—१ गलअन्तरले उछिन्दै फाईनलमापुगेको हो ।
हिजो सम्पन्न महिला तर्फको लिग खेलमा लेकसाईड स्पोर्टिङ क्लब ९ अंकका सहित बिजेता र कञ्चनजंघा स्पोर्टिङ क्लब ४ अंकका साथ उपबिजेता भएको छ । लाखेजात्राको अवसरमा हरेक वर्ष कञ्चनजंघा च्यलेन्ज रनिङ कप आयोजना हुँदै आईरहेको छ ।